पिसाब खाएर विरोध, दिशा खाने चेतावनी

tamil-nadu-

भारत । तामिलनाडु प्रदेशका किसानले मुत्र सेवन गरी विरोध प्रदर्शन गरेका छन् । करिव एक महिनाअघिदेखि चल्दै आएको उक्त प्रदर्शनमा किसानहरूले विरोधको सीमा पार गर्दै शनिबार मुत्र सेवन गरेका हुन् भने आफ्ना माग पूरा नभए आइतबार मानिसको दिसा खाएर प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।
तामिलनाडुको किसान केन्द्रबाट कर्जामाफी तथा वित्तीय सहायताको माग गर्दै किसानहरू धर्ना बसेका हुन् । सुख्खाको कारण यहाँका किसान अप्ठेरोमा परेका छन् । सरकारले खडेरी तथा सुख्खा राहत प्याकेज वितरण गर्नुपर्ने किसानहरूको माग छ ।

प्रतिक्रिया