चितवन जिल्ला प्रशासन कार्यालयले मालपोत कार्यालय भरतपुरका दुई कर्मचारी र एक लेखापढी व्यवसायीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरेको छ । पक्राउपर्नेमा मालपोत कार्यालयका नासु, मनोज निरौला, कम्युटर अपरेटर प्रदीप पौडेल र लेखापढी व्यवसायी फडीन्द्रराज तिवारी छन् । उनीहरूमध्ये निरौलाले चण्डीभन्ज्याङका बिर्खलाल गुरुङको हजुरबुबाका नामको जग्गा हजुरआमाका नाममा नामसारी गर्न नाममा मणि र मनि नमिलेको भन्दै ६ हजार मागेको गुरुङले आरोप लगाए ।
त्यस्तै कम्युटर अपरेटर तिवारीले पाँच सय लिएको अभियोग लगाइएको छ । । लेखापढी व्यवसायीले बिचौयियाको काम गरेको आरोप छ । जिल्ला प्रशासन कार्यालयका बजार संरक्षण अधिकृत ओमनारायण शर्माको नेतृत्वमा उपभोक्ता अधिकार संरक्षण मञ्च र जिल्ला प्रहरीसहितको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले उनीहरूलाई कारबाहीका लागि आइतबार जिल्ला प्रशासन कार्यालय पठाइने बताए ।
यसैबीच भरतपुरको चौबिसकोठीमा ट्राफिक जनचेतनाका लागि निर्माण गरिएको डिजिटल सूचना पाटी तोडफोड गरेको अभियोगमा नेपाल कम्युनिस्ट पार्टी निकटअखिल (क्रान्तिकारी) सप्तगण्डकी क्याम्पस एकाइका अध्यक्ष सुरेन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उपरीक्षक थापाका अनुसार पौडेलसहित तीन जनाले गए राती १२ बजे र १९ मिनेट जाँदा टेलिभिजनसहितको सूचना पाटी तोडफोड गरेका हुन् । फरार अन्य दुईको खोजी भइरहेको बताइएको छ ।
प्रतिक्रिया