विराटनगर किंग डिपिएलको फाइनलमा

dpl cricket legue Sharad Vesawkar Batting 2

धनगढी । विराटनगर किंग धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको फाइनल पुगेको छ । रूपन्देही च्यालेन्जर्सलाई क्वालिफायर्स बुधबार २९ रनले हराउँदै शरद भेषावकरको कप्तानीमा रहेको विराटनगर उपाधि नजिक पुगेको छ । फाइनल पुग्नका लागि रूपन्देहीसँग अर्को एउटा मौका रहेको छ । एलिमिनेटरमा विजयी भएको धनगढी टिम चौरहासँग रूपन्देहीले अव फाइनल यात्राका लागि प्रतिस्पर्धा गर्नेछ । सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय २८ रन बनायो । टोलीका लागि सबैभन्दा बढी आसिफ शेखले ३६, कप्तान शरदले २४, पवनले १५ र
दीपेन्द्रसिंह ऐरीले १३ रन बनाए । आसिफले ४१ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । शरदले २२ बलमा २ छक्का प्रहार गरे । रूपन्देहीका लागि कप्तान शक्ति गौचनले ३ र दीपेश श्रेष्ठले २ विकेट लिए ।
जवाफी लक्ष्य पछ्याएको शक्ति गौचनको रूपन्देहीले २० ओभरमा सबै विकेट गुमाउँदा ९९ रन मात्र बनाउन सक्यो । रूपन्देहीका लागि विक्रम सोव २३ र पुष्प थापाले २२ रन बनाउनुबाहेक कुनै खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । रूपन्देहीलाई सस्तैमा समेट्न विराटनगरका सुशील कँडेलले ४ विकेट लिए । ४ ओभरमा उनले १ मेडनसहित १५ रन मात्र खर्चिए । सन्दीप लामिछानेले २, प्रकाश बिष्ट, दीपेन्द्रसिंह ऐरी, जितेन्द्र मुखिया र पवन सर्राफले समान १ विकेट लिए । लिग चरणमा ५ मध्ये ४ खेल जितेको रूपन्देहीको बुधबारको प्रदर्शन भने निकै कमजोर रह्यो ।
लिग चरण अन्तिम खेलमा रूपन्देही पारस खड्काको नेतृत्वमा रहेको टिम चौरहासँग पराजित भएको थियो । रूपन्देहीले लिग चरणमा भने विराटनगरलाई हराएको थियो । अब फाइनलका लागि अर्को मौका पाएको रूपन्देहीले धनगढी टिम चौराहसँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौं गोल्डेन्सलाई पराजित गर्दै पारस खड्काको टिम चौरहा धनगढी प्रिमियर लिग क्रिकेट (डिपिएल) को क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको इलिमिनेटरमा टिम चौरहाले वसन्त रेग्मीको टिम काठमाडौं गोल्डेन्सलाई ६ विकेटले पराजित ग¥यो ।
पहिले ब्याटिङ गरेको वसन्त रेग्मीको टिम काठमाडौं गोल्डेन्सले २० ओभरमा ६ विकेट गुमाएर १२३ रन बनाएको थियो । उसका लागि सुमित महर्जन र रोहित पौडेलले समान ३१÷३१ रन बनाए भने नरेश बुढाऐरले २९ रनको योगदान दिए । सुवेन्दी पाण्डेले ११ रन जोडे । टिम चौरहाका अमर रौतेला र ललित राजवंशीले २÷२ विकेट लिए । काठमाडौंले प्रस्तुत गरेको १२३ रनको लक्ष्य टिम चौरहा १० बल बाँकी छँदा ४ विकेट गुमाएर भेट्टायो । उसका आरिफ शेखले १९ औं ओभरको दोस्रो बलमा चौका हान्दै जित पक्का गरे । यस अघिको ओभरमा काठमाडौंका सोमपाल कामी निकै महँगो सावित भए ।
उनको बलमा आरिफले दुई छक्का र एक चौका हानेका थिए र टिम चौरहाले १७ रन जोडेको थियो । आरिफ २२ रनमा अविजित रहे । उसका लागि अनिल मण्डलले ४४ रनको योगदान दिए भने पृथु बाँस्कोटाले २२ रन बनाए । कप्तान पारस खड्का भने १२ रनमा आउट भए । काठमाडौंका सन्तोष भट्टले २ विकेट लिए । धनगढी र रूपन्देहीले फाइनल प्रवेशका लागि बिहीवार बिहान प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया