‘मायाको अर्थ’ खोज्दै गायक निश्चल लामा

nischhal

काठमाडौ । नेपाली सांगीतिक क्षेत्रमा नवगायकहरूको प्रवेश कुनै नौलो होइन । धेरै मानिसहरूले सोख पूरा गर्नका लागि गीतहरू गाइरहेका हुन्छन् । तर, गीतसंगीतलाई आफ्नो करियर सोचेर अगाडि बढ्नेहरूको जमात कमै छ । नेपाली सांगीतिक क्षेत्रमा केही योगदान गर्ने सोचका साथ आफ्नो करियर बनाउन संगीतको अध्ययनपश्चात आएका छन्, नवगायक निश्चल लामा ।
निश्चल लामा भर्खर १० कक्षामा पढ्दै छन् तर स्वर माधुर्यता भने कुनै स्थापित गायकभन्दा कम छैन । यही समयमा नवगायक निश्चलले चर्चित गीतकार अरुण तिवारीको शब्दमा रहेका गीत रेकर्ड गराएका छन् । ‘मायाको अर्थ मिलन नै हो भने, जीवनमा भन साथी बिछोड किन हुन्छ’ बोलको गीतलाई विक्रम थापाले संगीत भरेका छन् । यो गीत गीतकार तिवारीकै शब्द रहेको कुनै समयको चर्चित गीत कर्ण दासको स्वरमा रहेको ‘जन्मिदा एक्लै मर्दा नि एक्लै’ को सिक्वेल गीत हो ।
यो गीतले दर्शन र प्रेम वियोगलाई समेट्ने प्रयत्न गरिएको गीतकार तिवारीले बताए । थप्दै भने, ‘नवगायक भए पनि निश्चलले मेरो गीत गज्जबले गाएका छन् । कर्ण दासको स्वरमा सजिएको ‘जन्मिँदा एक्लै, मर्दा नि एक्लै’ को सिक्वेल गीत हो यो, म धेरै अशावादी छु’ गीतकार अरुण तिवारीले भने । गीतको म्युजिक भिडियो सञ्चारकर्मी तथा पछिल्लो समयका व्यस्त निर्देशक सुब्रत आचार्यले निर्देशन गर्दै छन् ।

प्रतिक्रिया