‘काउसो’ मा सविन र अनुको जोडी

kauso-muhurta

काठमाडौं । नायक सविन श्रेष्ठ एक्सनमा चर्चित छन् । उनको अभिनयभन्दा पनि एक्सनमा दम छ भनिन्छ । उनी चलचित्रको पर्दामा रोमान्टिक पनि देखिन्छन् । रिलमा मात्रै होइन रियलमा समेत केही नायिकाहरूसँग रोमान्समा रमाएका सविन चलचित्र ‘काउसो’ मा नयाँ नायिका अनु पराजुलीसँग रोमान्सको तयारीमा छन् । मदन घिमिरेको निर्देशनमा निर्माण हुने चलचित्र ‘काउसो’ मा सविन मुख्य भूमिकामा छन् भने अनुले सविनको प्रेमिकाको भूमिका निर्वाह गर्दै छिन् । अर्नभ फिल्मस्को दोस्रो प्रस्तुतिका रूपमा निर्माण हुने चलचित्र ‘काउसो’ को वैशाख १५ देखि निर्माण सुरु गरिने निर्माण पक्षले जनाएको छ । सविन र अनुको अतिरिक्त अर्जुन गुरुङ, सनि भट्टराई, शान्ताराम थापा, सुरेन्द्र चापागाइँ, पुष्कर राउतलगायतको अभिनय रहनेछ ।

प्रतिक्रिया