दर्शकको अत्याधिक साथ पाउँदै ‘प्रेमगीत २’को शिर्ष गीत

01-1काठमाडौं । डेब्यू नायिका अश्लेषा ठकुरी र प्रदिप खड्का मुख्य भुमिकामा रहेको प्रेम गीत २ को शिर्ष गीतले नयाँ वर्षमा दर्शकको साथ निकै पाएको छ । माया प्रेम कथामा आधारित निर्माता सन्तोष सेनले निर्माण गरेको फिल्म ‘प्रेमगीत’ को सिक्वेल ‘प्रेमगीत २’को शिर्ष गीत रिलिज भएको छ । नयाँ बर्षको शुभकामना सहित निर्माण कम्पनी आँशुसेन फिल्मले गीत रिलिज गरेको थियो । गीतमा श्रेया सोताङ र रोहितजोन क्षेत्रीले आवाज दिएका छन् । कल्याण सिंहले संगीत भरेको गीतलाई अमृत महरठ्ठाले लेखेका हुन् । संगीतका कारण चर्चित बनेको ‘प्रमेगीत’ सिरिज ‘प्रेमगीत २’को शिर्ष गीत ‘कहानी यो प्रेमगीतको‘ भिडियो सार्वजनिक भएको केही घण्टामा नै ठूलो संख्यामा दर्शकले पछ्याएका छन् ।
दर्शकमाझ सार्बजनिक भएको केही दिनमै ‘कहानी यो प्रेमगीतको’ बोलको गीतले पाएको सफलताले पनि फिल्मको ब्यापार राम्रो हुने फिल्म बजारमा चर्चा सुरु भएको छ । सार्वजनिक गरिएको सो गीतले सार्वजनिक गरिएको ४८ घण्टा नबित्दै आठ लाख बिस हजार भन्दा बढि दर्शकहरुको साथ पाईसकेको थियो । थाईल्याण्डको विभिन्न रमणीय दृश्यहरुलाई क्यामरामा कैद गरेर तयार पारिएको ‘कहानी यो प्रेमगीतको’ गीतमा अभिनेता प्रदीप खड्का र नव नायिका अश्लेशा ठकुरीको पर्दाभित्रको रोमान्स निकै कलात्मक रहेकाले पनि दर्शकको ठुलो साथ पाएको बुझ्न सकिन्छ । जसमा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, मुक्त बाबु आचार्य, श्रद्धा प्रसाई लगाएतका कलाकारको पनि साथ रहेको छ ।02
रामशरण पाठकद्वारा निर्देशीत फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन र रेनशा वान्तवा राइको कोरियोग्राफी रहेको छ । थाइल्याण्ड, बर्मा र नेपालमा खिचिएको चलचित्र ‘प्रेमगीत २’ आउँदो बर्षको साउन १३ गतेबाट रिलिज हुनेछ ।

चर्चित फिल्म ‘प्रेम गीत’को सिक्वेल फिल्म भएको हुनाले पनि यो फिल्मको निर्माणको समय देखिनैै चर्चामा रहँदै आएको छ । फिल्मको शिर्ष गीतले दर्शकहरुको उत्कृष्ट साथ पाईरहेको समयमा निर्माता सन्तोष सेन पनि दंग छन् । फिल्मलाई आशुसेन प्रोडक्सनको ब्यानरमा सन्तोष सेनले निर्माण गरेका हुन् । निर्माणपक्षका अनुसार फिल्ममा नेपाल र म्यानमारका दुई पात्र बीचको प्रेम र संघर्षलाई चित्रण गरिएको छ ।https://www.youtube.com/watch?v=AwiP3vxYyZE

प्रतिक्रिया