‘कुम्भ करण’ को गीतमा गौरव र निशा

काठमाडौं । प्रदर्शन मिति तय नभइसकेको फिल्म ‘कुम्भ करण’ को लोक लयमा तयार पारिएको गीत सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक गीतको भिडियोमा लिड अभिनेता गौरव पहारी र अभिनेत्री निशा अधिकारी, भोला सापकोटा, अभय बराललगायत फिचरिङमा छन् ।
‘कुटु कुटु’ बोलको गीतमा समिर आचार्य र सुधा रत्नको स्वर छ । गीतमा गोविन्दमधुर आचार्यको शब्द तथा संगीत छ । गीतमा मुख्य कलाकारले दोहोरी खेलेको देखाइएको छ । भोलाराज सापकोटा, निशा अधिकारी, गौरव पहारी, अभय बराल, आकाश पल, कुलदीप अधिकारी, कमल गाउँले, प्रतिभा क्षेत्री, सद्भाव थापाको फिल्ममा लिड अभिनयमा छन् । दीपक वलीले फिल्मलाई निर्देशन गरेका हुन् । फिल्मको सम्पूर्ण छायांकन प्यूठानमा गरिएको हो ।

प्रतिक्रिया