रामकृष्णको कला मोह

ramkrisna moho
काठमाडौं । नेपाली कलाक्षेत्रले आजको दिनसम्म आइपुग्दा थुप्रै घुम्तीहरू पार गरेको छ । अहिलेसम्म आउँदा धेरैलाई यो क्षेत्रले नाम र दाम दिएको छ । यो ग्ल्यामर क्षेत्र भएकाले पनि यो क्षेत्रमा आउन चाहने युवा युवती निक्कै हुन्छन् ।
कसैले राम्रै गरिरहेका छन् भने केहीको मात्र रहरमा सीमित भएको देखिन्छ । तर, यसै क्षेत्रमा आफ्नो करियर सोचेर अगाडि बढ्नेहरूको जमात कमै छ । रहर गरेर आउनेहरू एक÷दुई दिनका पाहुनाजस्तै हुन्छन् भने यही क्षेत्रमा नै केही गरौँ भनेर होमिनेहरूले यो क्षेत्रलाई समृद्ध बनाउन लागि परेको पाइन्छ । यस्तै यसै क्षेत्रमा आफ्नो भविष्य कोर्न जमर्को गरेका युवा हुन् रामकृष्ण आचार्य ।
उदयपुरको बेलटारमा जन्मिएर यतिबेला काठमाडौंलाई कर्मथलो बनाएका रामकृष्ण अध्ययनसगसँगै नेपाली कला क्षेत्रको समृद्धिमा इँटा थप्न जुटेका छन् । टेक्सास इन्टरनेसनल कलेजमा बिएससी सिएसआटीको चौथो वर्षमा अध्ययनरत उनी कलाकार समन्वय संघ नेपालका संस्थापक सचिवसमेत हुन् । जुन संस्था पुराना र नयाँ कलाकारहरूलाई एउटै छानोमा ल्याउने प्रयासरत रहेको पाइन्छ । यसले विभिन्न समयमा यस क्षेत्रका लागि विभिन्न कार्यहरू गर्दै आएको देखिन्छ ।राज सिग्देलको ‘जति छाल आए पनि…’ गीतको भिडियोबाट निर्देशनमा होमिएका उनले अञ्जु पन्तको ‘कर्मै खोटी रहेछ…’ युवराज चौलागाईंको ‘पल पल चोट…’ जस्ता गीतको भिडियो निर्देशन गरेर आफ्नो निर्देशकीय क्षमता देखाइसकेका छन् । उनले एनटिभीबाट आउने योङस्टार डान्स कम्पिटिसनको कार्यक्रम संयोजक भएर पनि काम गरिसकेका छन् । केही विज्ञापन र आधादर्जनजस्तो डकुमेन्ट्रीमा पनि आफूलाई संलग्न गराएका रामकृष्णले चलचित्र ‘लीला’ र ‘निसाफ’ मा सहायक निर्देशन भएर काम गरेका उनी अबका दिनमा आफूलाई यसैमा संलग्न गराउन चाहन्छन् । नेपाली कला क्षेत्रमा केही गरौँ भनेर लागिपरेका राधाकृष्णले आगामी दिनमा यसक्षेत्रमा के कति इँटा थप्ने हुन् त्यो त उनका आगामी क्रियाकलापले नै प्रष्ट पार्नेछ ।

प्रतिक्रिया