प्रदर्शनमा एक लाखभन्दा बढी पक्राउ एजेन्सी

अन्कारा । टर्कीका गृहमन्त्री सुलेमन सोयलुले टर्कीमा भएको प्रदर्शनमा एक लाख १३ हजार दुई सय ६० जना पक्राउ परेको जानकारी दिएका छन् । सन् २०१६ को जुलाईदेखि अहिलेसम्म भएको गलेन आन्दोलनका क्रममा उनीहरू पक्राउ परेको उनले जानकारी दिए । पक्राउ परेकामध्ये १० हजार सात सय ३२ जना प्रहरी अधिकृत, सात हजार ६ सय ४३ जना सैनिक सिपाही, एक सय ६८ जना सैनिक जर्नेल, दुई हजार पाँच सय ७५ जना न्यायधीश तथा न्यायधिक्ताहरू, २६ हजार एक सय ७७ जना आम नागरिक र दुई सय आठ जना स्थानीय प्रशासक रहेको उनले स्थानीय एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा बताए ।
गृहमन्त्री सोयलुका अनुसार पक्राउ परेका २३ हजार आठ सय ६१ जनालाई हिरासतमुक्त गरिएको छ भने आठ सय ६३ जना अझै पनि फरार रहेका छन् । अमेरिकाको समर्थन पाएका फेथुल्लाह गलेनले सन् २०१६ को जुलाई १५ मा कु गर्ने असफल प्रयास गरेको टर्की सरकारले आरोप लगाएको छ ।

प्रतिक्रिया