कुष्ठ रोग समाजमा डा.श्रेष्ठ

काठमाडौं । नेपाल चर्म, यौन तथा कुष्ठरोग समाजको दुई वर्षे कार्यकालका लागि डा.सृष्टि श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको समाजको १३औँ साधारणसभाले निवर्तमान अध्यक्षमा डा.गोविन्द पोखरेल, उपाध्यक्षमाा डा.सुदीप पराजुली, सचिवमा डा.सुशील पौडेल, कोषाध्यक्षमा डा.मनिषा सिंह र संयुक्त सचिवमा डा.शुभेच्छा कार्कीलाई निर्वाचित गरेको छ ।
यस्तै प्रधानसम्पादकमा डा.सरस्वती शर्मा न्यौपाने र सदस्यहरूमा डा. सविना भट्टराई र अनीलकुमार दासलाई चयन गरेको काठमाडौं मेडिकल कलेजका सहप्राध्यापक तथा समाजका सदस्य डा.सविना भट्टराईले जानकारी दिए । शनिबार नै समाजले आफ्नो विश्व छाला दिवस र समाजको स्थापना दिवस पारेर पहिलोपटक नेपालमा विश्व छाला दिवस पनि मनाएको छ ।

प्रतिक्रिया