अस्पतालको खर्च तिर्न नसकेकी कल्पना घर जाने भइन्

kalpanaरूपन्देही । उपचार खर्चको अभावमा अस्पतालमा रहेकी जाजरकोटकी कल्पना रोका अस्पतालबाट घर फर्कने भएकी छन् । अस्पतालमा बुझाउने पैसा नभएर बुटवलस्थित चौराह अस्पतालमा बसिरहेकी उनी ४० दिनपछि घर फर्कन लागेकी हुन् । कल्पनाको उपचार खर्चबापत अस्पताललाई तिर्न करिब दुई लाख १३ हजार रूपैयाँ थियो । ३६ दिनदेखि अस्पतालमा रहेकी रोका रुखबाट लडेर उपचार गराउन आएकी थिइन् ।
उनलाई बुटवलमा रहेको सामाजिक सञ्चाल द्राही ग्याङले उपचारका लागि ‘रुपैयाँ १०’ अभियानबाट संकलित पैसा दिएपछि उनी घर फर्कन लागेकी हुन् । दाह्री ग्याङका सुरज क्षेत्रीले संकलित रकम अस्पताललाई पत्रकार सम्मेलनको आयोजना गरी हस्तान्तरण गर्ने तयारी भएको बताए । अस्पतालमा तिर्नुपर्ने पैसा तिरी दिएर उनलाई घर फर्काउन लागेको क्षेत्रीले बताए । कल्पानाको उपचारका लागि ग्याङले करिब १ लाख ३५ हजार रूपैयाँ संकलन गरेको छ । उपचारमा भएको खर्च अस्पताललाई बुझाउन सकेको भए २० दिन अगाडि नै उनी घर जान सक्ने थिइन् । तर, उपचारवापतको रकम अस्पतालमा बुझाउन नसक्दा उनी घर जान सक्ने अवस्थामा रहे पनि २० दिनदेखि अस्पतालमै बस्न बाध्य थिइन् । उनी अहिले ठीक भएर हिँडडुल गर्न थालेकी छन् ।
कल्पनाले उपचारमा सहयोग गर्ने चिकित्सक, पैसा उठाएर घर पठाउन लागेकोमा दाह्री ग्याङलाईसमेत धन्यवाद दिएकी छन् ।

प्रतिक्रिया