त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका शाहले विभिन्न सरकारी तथा गैरसरकारी संघसस्था र सञ्चारसँग सम्बन्धित क्षेत्रको अनुभव संगालिसकेका छन् । सुशासन, समाज विकास र मानवअधिकारको क्षेत्रमा दक्षता राख्ने शाह समसामयिक राष्ट्रिय राजनीति र दक्षिण एसियाली राजनीतिमा विशेष रूची राख्छन् ।
त्यसैगरी सृजना इनटरनेसनल मिडिया प्रालिको प्रमुख कार्यकारी अधिकृतमा वसन्तनाथ पन्त नियुक्त भएका छन् । पन्तले यस प्रालिद्वारा सञ्चालित सौर्य दैनिककोे प्रमुख कार्यकारी अधिकृतकोे जिम्मेवारी आजैदेखि सम्हालेका छन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका पन्तले संयुक्त राष्ट्रसंघअन्तर्गतका विभिन्न अन्तर्राष्ट्रिय निकायहरूमा १६ वर्ष बढी प्रशासन र वित्तीय व्यवस्थापनको अनुभव सँगालेका छन् । पन्तसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा बरिष्ठ अधिकृतको जिम्मेवारी सम्हालेको अनुभवसमेत छ ।

प्रतिक्रिया