बिदा हुनुपूर्व अमेरिकी राष्ट्रपतिसमक्ष क्षमदानको याचना

वासिंगटन, २५ पुस । जमैकाका इस्लाम धर्मगुरु, तालिवानसमूहका पूर्वबन्दी र साना लागुऔषध कारोबारका मुद्दामा संलग्न हजाराँै व्यक्तिले अमेरिकी राष्ट्रपतिले आफ्नो दोस्रो कार्यभारको अन्तिम २ हप्ता बाँकीरहँदा क्षमतादानका लागि याचना गर्दै थुप्रै निवेदन परेका छन् । कार्यकालको अन्तिम समयमा केही अमेरिकी राष्ट्रपतिले वैभवपूर्ण राजकीय शक्तिको प्रयोग गर्दै क्षमादान वा सजाय कमी गरिदिने प्रचलन छ ।

डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति बनेका बिल क्लिन्टनले आफ्नो कार्यकालको अन्त्यमा सन् २००१ मा एक शरणार्थी व्यवसायी मार्क रिचलाई क्षमादान दिने निर्णय गरेपछि निकै विवादमा तानिएका थिए । मार्क रिचकी पत्नी क्लिन्टनको दल डेमोक्रेटिक पार्टीका मुख्य चन्दादाता भएको कारण क्लिन्टनलाई सो कदम लिन नैतिक दबाब परेको बताइन्छ ।

त्यसरी नै १६ वर्षपछि फेरि अमेरिकी राष्ट्रपति बाराक ओबामालाई अस्वभाविक क्षमादान गर्न दबाब परेको बताइन्छ । क्षमायाचनाका लागि परेको हजारौँ निवेदनमा पीडितले आपूmहरूमाथि अन्यायपूर्वक जेल सजाय वा अन्य कानुनी बन्धन तोकिएको भन्दै सोबाट माफी पाउन आग्रह गरेका छन् । बोबी वर्गड्याल, लिओनार्द पोल्टियर, एडवार्ड स्नोडेन केही यस्ता अनुहार छन् जसको निवदेन उपर राष्ट्रपति ओबामाले क्षमादानका लागि अघि बढाउन दबाब परेको तर निर्णय लिन चुनौतिपूर्ण देखिएको छ ।

अमेरिकी सैनिक ‘सर्जन्ट’ बर्गड्याललाई तालिवानद्वारा ५ वर्षसम्म नियन्त्रणमा राखी कैदीबन्दी साट्ने क्रममा रिहा गरिएको थियो । उनले राष्ट्रपतिबाट दया पाउने आशा लिएका छन् । अमेरिकी सेनाले उनलाई कर्तव्यविमुख भएको भनी कोर्ट मार्सल गर्दै जेल पठाएको थियो । त्यसैगरी अमेरिकी अधिकारकर्मी पेल्टियरले अमेरिकी आन्तरिक गुप्तचर तथा सुरक्षा सेवा (एफबिआई)मा कार्यरत २ अधिकारीको सन् १९७५ मा भएको मृत्यु प्रकरणमा जेल जीवन बिताइरहेका छन् ।

स्नोडेनमाथि वर्तमान अमेरिकी प्रशासनले दयाभाव नदेखाएमा उनीहरूमाथि नयाँ प्रशासनले मृत्युदण्ड दिनसक्छ भनी डेमोक्रेट समर्थकले नै उनलाई क्षमादान दिनुपर्ने आवाज उठाएका सुन्नमा आएको छ । यसको दबाब राष्ट्रिपति ओबामामा पनि परेको छ । स्नोडेन सन् २०१३ मा अमेरिकीकाद्वारा स्थापना गरेको अन्तर्राष्ट्रिय सञ्चार तथा इन्टरनेट सर्वेक्षण प्रणालीका बारेमा जानकारी बाहिर ल्याउने व्यक्ति हुन् जसका कारण ३३ वर्षीय उनी हाल रसियामा शरणार्थी जीवन बिताउँदै आएका छन् । सुसान सरान्डन र पिटर ग्याब्रियललगायत कयाँै सेलिब्रेटी स्नोडेनको पक्षमा देखिँदै आएका छन् ।

उनलाई एम्नेस्टी इन्टरनेशनल र अमेरिकी नागरिक स्वतन्त्रता युनियनकोसमेत समर्थन छ । स्नोडेनलाई अमेरिकी राष्ट्रपतिका रूपमा २ हप्तापछि सत्ता सम्हाल्न लागेका डोनाल्ड ट्रम्पले ‘धोखेवाज’को संज्ञा दिए । यसैगरी अर्को गोपनीयता भंग गरेको अभियोगमा ३५ वर्ष जेल सजाय पाएका चेल्सी म्यानिङ्माथिको सजायलाई अधिकारकर्मीले अत्यधिक सजाय बताउँदै उनको मनोवैज्ञानिक समस्याका लागि सो सजाय अनुपयुक्त भएको भन्दै आएका छन् ।

यसैगरी अर्को गोपनीयता भंग गरेको अभियोगमा ३५ वर्ष जेल सजाय पाएका चेल्सी म्यानिङ्माथिको सजायलाई अत्यधिक बताउँदै उनको मनोवैज्ञानिक समस्याका लागि सो सजाय अनावशयक भन्दै अधिकारकर्मीले आलोचना गर्दै आएका छन् । म्यानिङ्माथि ७ लाख संवेदनशील सैन्य तथा कूटनीतिक महत्वका दस्तावेज विकीलिक्समार्फत सार्वजनकि गरको आरोप छ । ह्वाइट हाउसले स्नोम्यान र म्यानियालाई क्षमादान दिने कुरा असम्भव रहेको बताए पनि उनीहरूका सहयोगीले ओवामा प्रशासनले दयाभाव प्रकट गर्नेछ भनी अझै आशावादी देखिएका छन् ।

यसबाहेक राष्ट्रपति ओबामालाई क्षमादानका लाग अन्य साना मुद्दाका विषयमा पनि क्षमादानका लागि हजारौँ निवेदन परेका छन् । ओबामाले सन् २००९ मा कार्यभार सम्हालेपछि १ सय ४८ मुद्दामा क्षमदान दिएका छन् । यो अहिलेसम्म उनको पूर्ववर्तीभन्दा केही कमी हो ।

ओबामा जस्तै पछिल्लो समय २ कार्यकाल सत्तामा रहेको जर्ज डब्ुल बुसले १ सय ८९ र बिलक्लिन्टनले ३ सय ९६ मुद्दामा क्षमादान दिएका थिए । राष्ट्रपति ओबामाले कडा सजायको ठाउँमा केही नरम सजाय हुनेगरी अन्य राष्ट्रपतिले भन्दा धेरै नै अर्थात् १ हजार १ सय ७६ निर्णय दिएका छन् ।

प्रतिक्रिया