राष्ट्रपति पार्कमाथिको महाभियोग आधारहीन

कोरिया, २२ पुस । दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्यून हे माथि लगाइएको महाभियोग प्रस्तावउपर बिहीबार सुनुवाई हुने तयारी भइरहेको बेला उनका वकीलले राष्ट्रपतिलाई आफ्नो पदबाट छोड्नुपर्ने आरोपमा कुनै तुक नभएको बताएका हुन् ।

दक्षिण कोरियाको संसद्ले राष्ट्रपति पार्कविरुद्ध लगाइएको महाभियोग प्रस्तावमाथि गतमहिना मतदान गर्दै पार्कलाई दोषी ठहराएको थियो । पार्कका वकीलले पार्क विरोधी सडक संघर्ष चर्काएर उनका समर्थकमाझ भ्रम पैदा गर्न खोजिएको र संसद्मा उनीविरुद्धको महाभियोग प्रस्तावमा आवश्यक बहुमतले मतदान गरे पनि पार्कलाई दोषी देखाइएका विषयमा उनको आफ्नै संलग्नता नरहेको बताए । पार्कमाथि उनका लामो समयदेखि विश्वासिला मित्रका रूपमा रहेर काम गर्दै आएका चोई सुन इलसँग मिलेर दशौँ लाख अमेरिकी डलर बराबरको कोरियाली सेनाका लागि आएको सहयोग दुरूपयोग गरेको आरोप, २ सामसुङ कम्पनीलाई एक गर्दा आफ्नो पदीय प्रभाव देखाएको लगायतका सत्ताको दुरूपयोग गरेका आरोप लागेका छन् । दक्षिण कोरियाको राष्ट्रिय सभाले पार्कलाई संवैधानिक अधिकारको दुरूपयोग गरेका भनी महाभियो प्रस्तावलाई पारित गरेको छ ।

पार्कका वकील लि जुङ् ह्वानले भने पार्कमाथि महाभियोग लगाउन विरोधीले पेश गरेको प्रमाणमा कुनै आधार नभएको भन्दै अदालतको फैसला पार्कको पक्षमा आउने विश्वास व्यक्त गरे ।

पार्कले पटकपटक आपूmमाथि लगाइएको आरोपबारे आफ्नो संलग्नता नरहेको जनाउँदै प्रशासन हेर्ने सिलसिलामा भएको कमजोरीबारे क्षमायाचना गर्दै आएका छन् । आइतबार सञ्चारकर्मीसँग भएको राष्ट्रिपति पार्कको दुर्लभ कुराकानीमा उनले आपूmले सर्वसाधारण जनतालाई आफ्ना नीति तथा कार्यक्रमका भाषणका विषयमा चाइको प्रष्टीकरण सुनाउन चाहेको बताए ।

प्रतिक्रिया