आइएस आवद्ध प्रमुख मुसलमान नेताको मृत्यु

फिलिपिन्स, २२ पुस । फिलिपिन्सको सुरक्षा फौजको कारवाहीमा ३ इस्लामिक स्टेटस (आइएस) समूहसँग आवद्धता रहेको मुसलमान लडाकु समूह अन्सरुल खिलाफा फिलिपिन्सका प्रमुख नेता मोहम्मद जाफर मागुइडको मृत्युभएको यहाँका अधिकारीले बताएका छन् ।

मागुइड अन्सरुल खिलाफा समूहको संस्थापक नेता रहेको र उनले इराक र सिरियामा आइएसद्वारा चलाइएको अभियानमा ऐक्यवद्धता जनाउन र उनीहरूको मन जित्न फिलिपिन्समा सर्वसाधारणमाथि आक्रमण गर्दै आएका थिए ।

फिलिपिनसको अल्पसंख्यक मुसलमानहरूको बस्ती रहेको मिन्डानाओमा रहेको मुसलमान समूहमध्येको एक अन्सरुल खिलाफा र अन्य विद्रोहीद्वारा चलाएका आन्दोलनमा फिलिपिन्समा कम्तिमा १ लाख २० हजार मानिसको ज्यान गएको छ ।

मागुइड र उनका ३ सहयोगीलाई दक्षिणी सहर मिन्डानाओ १ द्वीपमा अवस्थित होटेलमा बसिरहेको अवस्थामा पिछा गरिएको र होटेलबाट भाग्ने प्रयास गर्दा उनमाथि गोली चलाइएको थियोे ।

मागुइडको सन् २०१५ समूहद्वारा फिलिपिन्सको सहरी पर्वका अवसरमा सहभागी मानिसलाई लक्षित गरी बिस्फोट गराएपछि उनीमाथि सुरक्षा निगरानी बढाइएको थियो ।

मागुइडको समूहले सहरमा महोत्सवमा सहभागी जनतामाथि लक्षित गरी बम विस्फोट गराउँदा १५ जनाको मृत्यु भएको थियो भने दर्जनौँ नागरिक घाइते भएका प्रमुख प्रमुख उपरिक्षक सेडरिक ट्रेनले बताए ।

ट्रेनका अनुसार ३२ वर्षीय मागुइडलाई सन् २००९ मा पक्राउ गरिएको भएपछि ८ महिनापछि जेलबाट भागेका थिए । प्रहरी प्रमुख ट्रेनले प्रहरीले सन् २०१६ को सेप्टेम्बर आबmमणपछि उनलाई उच्च निगरानीमा राखिएका थिए ।

प्रतिक्रिया