रहेनन् गायक मधुबाबु थापा

madhu-babu-copyकाठमाडौं, ८ पुस । चर्चित लोकगीत ‘मोहनी लगायौ कि मन्तर गरेर’का गीतका गीतकार, गायक तथा संगीतकार मधुबाबु थापाको बिहीबार निधन भएको छ ।

बिहान रेडियो नेपाल गएर घर फर्केर नुहाइधुवाइ गरेर खाना बसेका बेला अचानक लडेपछि मोडल अस्पताल ल्याइएको थियो । विसं २०१० सालमा दाङमा जन्मेका थापाको पहिलो रचना ‘भैगो हजुर माया जाल नबुनौँ’ विसं २०३९ मा रेकर्ड भएको थियो ।

उनका चौतारी, पिरती, भाले पोथी, रामरस, दश भाका, कृष्णलीला आदि लोकगीत प्रकाशित छन् । उनलाई शुक्रबार बिहान संगीतकार संघको कार्यालय पुतली सडकमा अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम रहेको संगीतकार संघले जनाएको छ । श्रद्धाञ्जलीपछि उनलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया