जापानी शहरमा आगलागीबाट दर्जनौ घरमा क्षति

टोकियो, ८ पुस । जापानको उत्तरी शहर इतोगावामा एउटा चिनियाँ रेष्टुरेन्टबाट सुरु भएको आगलागीले करिव १४० वटा घर तथा भवनमा क्षति पु¥याएपछि आगलागी नियन्त्रणका लागि सरकारले थप सुरक्षाकर्मी तथा उद्धारकर्मीसहित को टोलीलाई बिहीबार घटनास्थल तर्फ पठाएको छ । जापानीज टेलिभिजनमा प्रत्यक्ष प्रशारणमा देखाइएका दृष्यमा आगलागीपछि सुन्तला रङका विशाल ज्वाला घरका चरचरबाट निस्केको देखाइएको छ ।

निगाता ‘प्रिफेक्चर’ (जिल्ला) का गभर्नरले केन्द्रसँग आगलागी नियन्त्रणका लािग सैनिक सहयोग माग गरेपछि सेनाको टोली र अग्नी नियन्त्रण त्यसतर्फ गएको हो । समाचार तयार पार्दै गर्दा आगलागीबाट ५० भन्दाबढी घर जलेर ध्वस्त बनेका छन् भने आगो शहरका अन्य घरमा फैलिनेक्रम जारी छ । घटनामा केही मानिस जलेर घाइते भएका खवर प्राप्त भएपनि कसैको मृत्यु नभएको बताइएको छ । शहरका ५८६ परिवारलाई सुरक्षित स्थलमा जान सल्लाह दिइएको छ ।

प्रतिक्रिया