७.९ रेक्टरको भूकम्प, सुनामीको चेतावनी

अस्टे«लिया, २ पुस । पपुवा न्युगिनिमा शनिबार ७.९ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ विज्ञान विभाग (युएसजिएस) ले जनाएको छ ।

स्थानीय समयअनुसार शनिबार साँझ ८.५१ मिनेटको समयमा गएको भूकम्पको न्यू आइरल्याण्डको तरोन क्षेत्रबाट करिब ६० किलोमिटर पूर्वमा ७५ किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको युएसजिएसले जनाएको छ ।

प्यासिफिक सुनामी चेतावनी केन्द्रले भूकम्पका कारण पपुवा न्युगिनी, इन्डोनेसिया, नाउरु र सोलोमन द्वीपमा भयानक सुनामी आउनसक्ने चेतावनी दिएको छ । न्यूजल्याण्डको नागरिक रक्षा मन्त्रालयले पनि पपुवा न्यूगिनी, इन्डोनेसिया, ताडरु र सरेलोमन लगायतका प्रशान्त महासागरको तटमा रहेका सम्पूर्ण क्षेत्रमा सुनामी आउनसक्ने भनी सतर्क रहन आग्रह गरेको छ । सुरुमा भूकम्पको धक्का ८ म्याग्निच्युड भएको बताइए पनि पछि यसलाई संशोधन गरी ७.९ म्याग्निच्युड भएको जनाइएको छ ।

यस क्षेत्रमा रहेका अव्यवस्थित बस्ती तथा घरहरूका कारण भूकम्पका कारण केही मानिस भुकम्पका कारण प्रभाभित भएका र भौतिक संरचनामा क्षति भएको हुनसक्ने युएसजिएसले बताए पनि विस्तृत विवरण समाचार तयार पार्दासम्म प्राप्त भएको छैन ।

प्रतिक्रिया