ट्रम्पद्वारा महत्वपूर्ण पदमा तीन जना नियुक्त

अमेरिका, १ पुस । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले थप ३ जनालाई बिहीबार राणनीतिक र नीतिगत महत्वपूर्ण जिम्मेबारी दिएका छन् । महत्वपूर्ण जिम्मेबारी पाउनेमध्ये रकेट एन्ड स्पेसक्राफ्ट मेनुफ्याक्चर स्पेसिकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत एलोन मुस्क, उबर टेक्नोलोजिक्सका प्रमुख कार्यकारी अधिकृत तथा सहसंस्थापक ट्राभिस कलानिक र पेप्सीकोका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत इन्द्रा नुयीलाई उनले नियुक्त गरेका हुन् ।

‘अमेरिकासँग विश्वकै नयाँ र चलायमान कम्पनीहरू छन्, ती कम्पनीहरूमा प्रभावशाली प्रमुख कार्यकारी अधिकृतहरूले नेतृत्व दिइरहेका छन्, जो आआफ्नो क्षेत्रमा स्थापित छन्’, ट्रम्पले भनेका छन् ।

उनले अगाडि भने, ‘मैले त्यस्तै प्रभावशाली व्यक्तित्वको सहयोग र सहकार्यबाट अमेरिकामा व्यापार व्यवसायका वातावरण बनाउँदै नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्न गइरहेको छु ।’ टेक्नो लिडरका रूपमा नियुक्त भएका मुस्कले बिहीबार नै न्युयोर्कमा ट्रम्पसँग नयाँ रोजगारी सिर्जना, अन्य देशसँगको व्यापार वृद्धि, सूचना प्रविधिको विकासलगायत विषयमा छलफल गरिसकेका छन् । एजेन्सी

प्रतिक्रिया