रसियाली राष्ट्रपति जापानमा

जापान, १ पुस । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन २ दिने सम्मेलनको क्रममा जापान पुगेका छन् । सन् २०१४ क्रिमिया रसियासँग गाभिएपछि जि–७ राष्ट्रको सम्मेलनमा उनी पहिलोपटक गएका हुन् ।

राष्ट्रपति पुटिन रोसिया एयरलाइन्स विमानबाट स्थानीय समयानुसार ४ः५० पश्चिमी जापानको तटीय क्षेत्रमा रहेको यमागुसी उबे विमानस्थलमा उत्रिएका थिए । उनी आफ्नो समयतालिका भन्दा दुई घन्टा ४० मिनेट ढिलो त्यहाँ पुगेका थिए ।

विमानस्थलमा जापानी अधिकारीसँग हात मिलाई सकेपछि उन नागाटो सहरको रिसोर्टतर्फ लागेका थिए । नागाटो सरह जापानी प्रधानमन्त्री सिन्जो आबेको गृहनगर हो । २ दिनसम्म जारी रहने वार्ताको क्रममा लामो समयदेखि जापान र रसियाबीच जारी क्षेत्रीय विवादको केही प्रगति हुने आबेले आशा गरेका छन् ।

आबेले जि–७ राष्टको सम्मेलनको लागि पुटिनलाई निमन्त्रणा गरेका थिए । यस सम्मेलनको जापानलगायत ७ राष्ट्र सदस्य छन् । यो सम्मेलन शुक्रबारबाट जापानको राजधानी टोकियोमा सुरु हँुदै छ । ‘यो साँच्चैकै असाधारण प्रगति हो’ जापान–रसिया क्षेत्रीय विवाद पुस्तकका लेखक र ‘जापान क्याम्पस अप टेम्पल युनिभर्सिटी इन टोकियो’का प्राध्यापक जेम्स ब्राउनले बताए ।

विषेशगरी रसिया र पश्चिमा देशबीचको सम्बन्धका अफ्ठ्यारो परिरहेको यस अवस्थामा रसियासँगको सम्बन्धको नयाँ प्रस्तावको घोषणाको लागि आबे साँच्चैकै प्रष्ट विचार भएको व्यक्ति भएको पनि ब्राउनले बताए ।

प्रतिक्रिया