मुम्बईमा ३ को मृत्यु, १२ घाइते

नयाँदिल्ली, १ पुस । भारतको मुम्बईमा बिहीबार एउटा भवन भत्किँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने, अन्य १२ जनाभन्दा बढी घाइते भएका वरिष्ठ प्रहरी अधिकारीले जनाएका छन् । ‘बिहीबार बिहान मुम्बईको महाराष्ट्र नगर क्षेत्रमा घर भत्किँदा मृत्यु भएका ३ जनाको शव भेटिएको छ ।’ घाइतेहरूलाई तत्काल अस्पताल लगिएको ती प्रहरी अधिकारीले जनाए ।

स्थानीय टेलिभिजन च्यानलहरूले उद्धारकर्ताहरूले उद्धार गर्दै गरेको अवस्थाका दृश्यहरू देखाएका छन् । घटनाको कारणका बारेमा प्रारम्भिक अध्ययन गर्दा घर निर्माणमा नै कमजोरी देखिएको सरकारी अधिकारीले बताएका छन् । भारतमा कमजोर संरचनाका कारण बारम्बार यस्ता दुर्घटना धेरै हुने गरेको पाइन्छ ।

प्रतिक्रिया