भूकम्पपछि औषधी र चिकित्सक शीघ्र आपूर्तिको लागि आग्रह

इन्डोनेसिया २४ मंसिर । पश्चिमी इन्डोनेसियाको आचे प्रान्तमा बुधबार आएको शक्तिशाली भूकम्पमा परी १ सयभन्दा बढी व्यक्तिको मृत्यु भएपछि घाइतेहरूको लागि शीघ्र औषधी र चिकित्सकको लागि अधिकारीहरूले आग्रह गरेका छन् । सो भूकम्पमा परी १ सय २ व्यक्तिको मृत्यु भएको छ भने सयौँ व्यक्ति घाइते भएका छन् । यस भूकम्पमा परी ७ सयभन्दा बढी घाइते भएका र ती मध्ये कयाँैको अवस्था चिन्ताजनक रहेको प्रकोप नियन्त्रण निकायले जानकारी दिएको छ ।

यस भूकम्पबाट अत्यन्तै प्रभावित भएको आचे प्रान्तको पिडाइ जया जिल्लामा मानवीय र सम्पत्तिको ठूलो क्षति भएको र घाइतेको संख्या पनि घेरै रहेका हुनाले औषधि र उपचारका लागि बढी चिकित्सकको आवश्यकता परेको प्रकोप नियन्त्रण विभागका अधिकारीले जानकारी दिएका छन् । कम मात्र गहिराइमा केन्द्रविन्दु भएर आएको यस ६ दशमलव ५ रिक्टर स्केल मापन गरिएको शक्तिशाली भूकम्पको कारण आचे प्रान्तमा रहेका सयौ घर, मस्जिद व्यापारिक भवनहरू ध्वस्त भएका छन् ।

इन्डोनेसियाको आचे प्रान्त सन् २००४ मा आएको सुनामीबाट पनि अति प्रभावित भएको थियो । भूकम्प ६ दशमलव ५ रिक्टर स्केलको मापन गरिएको र भीषण क्षति भएको इन्डोनेसियाली अधिकारीहरूले जानकारी दिएका थिए । यस शक्तिशाली भूकम्पको कारण सयौँ घरलगायत आधारभूत संरचना ध्वस्त भएका हुनाले मृतकको संयासमेत बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया