विमान दुर्घटनामा परेकाहरूको डिएनए परीक्षण गरिने

पाकिस्तान, २४ मंसिर । उत्तरी पाकिस्तानको पहाडी इलाकामा बुधबार भएको विमान दुर्घटनामा परेकाहरूको परिचय खुल्लाउनका डिएनए परिक्षण गरिने भएको छ । विमान सेवाको इतिहासमा नै अति खराब प्रकृतिको यो दुर्घटनाले देशलाई शोकमा डुबाएको त्यहाँका अधिकारीहरूको भनाइ छ ।

उत्तरी क्षेत्रमा भएको दुर्घटनालाई पाकिस्तानको उडान इतिहासकै अत्यधिक दुःख घटनाको रूपमा लिइएको अधिकारीहरूले बिहीबार बताएका छन् । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पिआइए) को एउटा विमान यन्त्रले काम गर्न छाडेपछि दुर्घटनामा परेको हो । विमानमा चालक दलका ७ जनासहित ४७ जना यात्रु रहेका थिए । पाकिस्तानको उत्तरपश्चिमी चित्राल जिल्लाबाट राजधानीतर्फ गइरहेका बेला विमान दुर्घटना भएको अधिकारीहरूले  बताएका छन् ।

‘डिएनए परीक्षण गर्न ती शवहरू हेलिकप्टरमा घटनास्थलबाट इस्लामाबाद ल्याइने छ,’ स्थानीय अयुब मेडिकल कम्प्लेक्सका मोहम्मद अब्बासले भने । उनले थप स्पष्ट पार्दै जानकारी दिए, ‘शव सबै क्षतविक्षत अवस्थामा छन्,’

शवहरू जलेर महिला पुरुष छुट्याउन सक्ने अवस्थामा नहरेको एक स्थानीय बासिन्दाले जानकारी दिएका छन् । घटनास्थलमा रातभरी सयौं स्थानीय बासिन्दा उद्धारका लागि सक्रिय भएका थिए । स्थानीय समयअनुसार बुधबार दिउँसो ३ः३८ बजे उडेको विमान ४ः२० बजे विमानस्थलको कन्ट्रोल टावरबाट सम्पर्कविहीन भएको अधिकारीहरूले बताएका छन् ।

 

प्रतिक्रिया