पेसाले पत्रकार हुन् उनी । एउटा यस्तो पत्रकार जो औसतभन्दा माथि छन् । अझ भनौँ, ३ वर्षमा उनले जति धेरै काम गरे, त्यति सम्भवतः कुनै अर्काे पत्रकारले गरेकै छैन । ०६८ देखि ०७१ साल उनको पत्रकारिताको स्वर्णकाल हो । यो अवधिमा उनले ३० भन्दा बढी खोजी तथा गहन समाचार लेखे । निष्पक्ष र खोजमूलक समाचार लेखेकै कारण यो अवधिमा उनले देशमा व्यवसायिक पत्रकारले पाउन सक्ने ठूला पुरस्कार र सम्मान पाए । यी अब्बल पत्रकार हुन्, लोकमणि राई । आफ्नो सीपलाई अझ निखार्न राई यतिबेला अमेरिकामा छन् ।
सुदूरपूर्वी जिल्ला खोटाङस्थित उनको घरबाट गाडी देख्न २ दिन पैदल हिँड्नुपथ्र्यो । अहिले पनि एक दिन हिँड्नुपर्छ । त्यही“को श्री सिम्पानी माध्यमिक विद्यालयबाट विद्यालयस्तरको अध्ययन सकेका हुन् उनले ०५६ सालमा । उनले दैनिक २ घन्टा हिँडेर विद्यालय धाए र एसएलसी पास गरे प्रथम श्रेणीमा ।
एसएलसीपछि उनका अपवादबाहेकका सबै साथीहरू वैदेशिक रोजगारीमा गए, मध्यपूर्वी खाडी मुलुक र मलेसिया । उनी भने केही जोर कपडा र केही सय रूपैया“ बोकेर राजधानी हानिए, उच्च शिक्षाका लागि । अहिले तीनै राई आमसञ्चारका धेरै विद्यार्थीका लागि आदर्श बनेका छन् । ‘आज खोजी पत्रकारिताको कक्षामा सरले तपाईंको समाचारको बारेमा पढाउनुभयो भन्दै कलेज पढ्ने चिन्दै नचिनेका विद्यार्थीहरूले फोन गरेर तारिफ गर्दा र भेट्न आउ“दा ज्यादै आनन्द आउ“छ,’ राई भन्छन्, ‘मेरो मोबाइल नम्बर जसले मागे पनि दिनु भनेर अफिसमा भनेको थिए“ । विद्यार्थीभन्दा धेरै गुणा बढी सर्वसाधारण भेट्न आउ“थे । भेट्न चाहने सबैलाई समय दिए“ र उनीहरूबाट केही न केही सिके“ पनि ।’
खासमा राई बृहत्तर हीतका लागि काम गर्ने पत्रकार हुन् । उनले सार्वजनिक हितमा असर नगेरसम्म एउटा व्यक्तिको कामलाई समाचार बनाएनन् । समाचार बनाउनु परे पनि उनले व्यक्तिविरुद्ध कहिल्यै लेखेनन्, बरु प्रवृत्तिविरुद्ध लेखे । उनको १० लाखभन्दा बढी मान्छेलाई ठगेको अवैध नेटवर्क मार्केटिङ व्यापारीसम्बन्धी समाचार होस् या दूधमा अक्सिटोसिन हर्मोनको प्रयोगसम्बन्धी समाचार होस्, अथवा तरकारी बजारका विचौलियासम्बन्धी समाचार नै किन नहोस्, सबै सार्वजनिक हीतमा केन्द्रित छन् । ‘म व्यक्तिभन्दा पनि प्रणाली रूपान्तरणका लागि लेख्छु’, उनी भन्छन् ।
यिनै समाचारका कारण उनले आर्थिक पत्रकारले पाउने सबैभन्दा प्रतिष्ठित पुरस्कार सेजन अवार्र्ड २ पटक पाए, २०६९ र २०७० सालमा, प्रधानमन्त्रीको हातबाट । साथै, पत्रकारिता क्षेत्रमा विशिष्ठ योगदान गरेको भन्दै उनको सञ्चार गृह कान्तिपुर मिडिया ग्रुपले पनि उनलाई एक्ट्राअर्डिनेरी पर्फमेन्स अवार्डले सम्मान ग¥यो । ऊर्जा क्षेत्रमा ज्ञाता आर्थिक पत्रकार हुन् लोकमणि राई । त्यही क्षेत्रमा खोजि समाचार लेखेवापत बेलायत सकारले नेपालमा सञ्चालन गरेको खोजि पत्रकारिता प्रतिस्पर्धा जिते उनले र बेलायतको सिटी युनिभर्सिटीमा खोजि पत्रकारिता प्रशिक्षण लिने मौका पनि पाए ।
जटिल विषयलाई सरल तरिकाले प्रस्तुत गर्न सक्नु अंग्रेजी र राजनीतिशास्त्रमा स्नात्तकोत्तर तथा पत्रकारितामा स्नातक गरेका राईको खुबी हो । लगालग खोजी समाचार दिनसक्नु भने उनको अद्भुत खुबी । उनीस“ग कुन सूत्र छ त्यस्तो र लगालग खोजी समाचार दिन सके ? ‘गणितमा जस्तो पत्रकारिता सूत्रमा गर्न सकि“दैन,’ उनी भन्छन्, ‘खोजी पत्रकारितामा त हु“दै हु“दैन । किनभने एउटा विषय अर्कोस“ग मिल्दै मिल्दैन । यसमा खाली जिज्ञाशा शान्त नभएसम्म अध्ययन गर्ने, योजना बनाएर खोजी गर्ने र स्पष्ट विचार बनाउने कौशलता, क्षमता विधि चाहिन्छ । कौशलता र क्षमता विकास गर्न निरन्तर अध्ययन, विश्लेषण र काम गर्नुपर्छ ।’
सिद्धान्त र विधि विश्वविद्यालयमा सिकाइन्छ, जुन राईले पनि पढे । तर, एउटा खोजि पत्रकारिता प्रशिक्षकक रूपमा राई कौशलता कसरी विकास गर्ने भन्ने व्यवहारिक पाटो सिकाउ“छन् । ‘हरेक मान्छेस“ग फरकफरक खुबी हुन्छ,’ उनी भन्छन्, ‘एउटा प्रशिक्षकका रूपमा म कुन खोजी समाचारको योजना कसरि बनाए“, कुन विधि कहा“ प्रयोग गरे“, प्रमाण जुटाउन कसलाई कसरि विश्वासमा लिए“ र मैले छानेको विधि तथा तरिका किन राम्रो थियो वा थिएन भन्ने जस्ता कुरामा छलफल गर्छु ।’
नेपालमा धेरै पत्रकार मारिएका छन्, पिटिएका र लखेटिएका छन् । खोजि पत्रकारिता गरेर धेरैको व्यवसाय डामाडोल पारिदिएका राईले भने कसैबाट धम्कीसमेत पाएनन् । यस्तो कसरी ? ‘मारिएका, पिटिएका र धम्की पाएका पत्रकारबारे मैले धेरै अध्ययन गरेँ । उनीहरू, अधिकांश कुनै न कुनै पार्टीका कार्यकर्ताका रूपमा नियतवश लेखिरहेका थिए । कार्यकर्ता नभए पनि कसैविरुद्ध नियतवश लेखेर आफ्नो स्वार्थ पूरा गरिहेका थिए,’ उनी भन्छन्, ‘मैले त्यस्तो कहिल्यै गरिनँ । समाचार छाप्नुपूूर्व दोषीले मस“ग दोष स्वीकारेका छन् । मैले उनीहरूलाई कुन परिस्थितिमा कहा“नेर कमजोरी भयो भनेर कुरा राख्ने मौका दिएको छु । मेरो समाचारका कारण रातारात भाग्नु परेका र सजाय भोगेर जेलबाट निस्केकाले पनि मस“ग पछि राम्रो व्यवहार गरेका छन् । किनभने मैले उनीहरूलाई सप्रमाण गल्ती भएको देखाउन र स्पष्टीकरणको अवसर दिन सके“ । पत्रकारका रूपमा तपाईंलाई प्राप्त सम्पर्क सूत्र दुरूपयोग गर्दै समस्यामा पैसा सापटी माग्नुहुन्छ, उसैस“ग सुखद् सप्ताहन्तको आशा पनि गर्नुहुन्छ र कुनै कारण चित्त नबुझे उसैविरुद्ध लेख्नुहुन्छ भने तपाईंको ज्यान जोखिममा नपरे कसको पर्ने ?’
प्रतिक्रिया