काठमाडौं, २३ मंसिर । चीनले नेपालमाथि सिनेमा निर्माण गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित समारोहमा चिनियाँ पक्षले यस्तो जानकारी दिएको हो ।
बुद्ध जन्मस्थल लुम्बिनीलगायत नेपालको ऐतिहासिकता समेटेर चलचित्र निर्माणको तयारी भैरहेको जानकारी टीमले प्रधानमन्त्री पुष्पकमल दाहाललाई गराएको थियो । चिनियाँ चित्रकारको टोलीले प्रधानमन्त्रीलाई चिनियाँ राष्ट्रपति सी जिङपिङ र प्रधानमन्त्रीको फोटो उपलब्ध गराएको थियो ।
पहिलोपटक चीनले सरकारस्तरमै सिनेमा निर्माणको तयारी थालेको हो । यसबारे विस्तृत खुलाइएको छैन । स्रोतका अनुसार सन् २०१७ मा सिनेमा छायांकन नेपाल र चीन दुबै देशमा हुने जनाइएको छ ।
प्रतिक्रिया