मर्नेको संख्या सन्तानब्बे पुग्यो

मेउरेडु, २३ मंसिर । पश्चिमी इन्डोनेसियाको आचे प्रान्तमा बुधबार आएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउने व्यक्तिको संख्या ९७ पुगेको छ । प्रारम्भिक समाचारमा भनिएको संख्याभन्दा यो दोब्बर नै भएको एक सैनिक प्रमुखले जानकारी दिएका छन् ।

६ दशमलव ५ रिक्टर स्केल मापन गरिएको यस शक्तिशाली भूकम्पमा परी हालसम्म ९७ व्यक्तिको मृत्यु भएको र यो संख्या अझै बढ्न सक्ने आचे प्रान्तका सेना प्रमुख ततांग सुलेमानले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

भूकम्प ६.५ रिक्टर स्केलको मापन गरिएको र भीषण क्षति भएको इन्डोनेसियाली अधिकारीहरुले जानकारी दिएका छन् । यस शक्तिशाली भूकम्पको कारण सयौँ घरलगायत आधारभूत संरचना ध्वस्त भएको साथै मृतकको संख्यासमेत बढ्ने अनुमान गरिएको छ ।

यस भूकम्पबाट अत्यन्तै प्रभावित भएको आचे प्रान्तको पिडाइ जया जिल्लामा मानवीय र सम्पत्तिको ठूलो क्षति भएको र भत्किएका भवन भग्नावशेषमा दर्जनौँ व्यक्ति फसेको बताइएको छ ।

प्रतिक्रिया