सिरियाली सैनिकद्वारा सहर कब्जा

बेरुत, २३ मंसिर । सिरियाली सरकारी बलले अलेप्पोको ऐतिहासिक पूरानो सहर सबै निन्यत्रणमा लिएको छ । सैनिकद्वारा रातभरी जारी कारबाहीको सामना गर्न गाह्रो भएपछि विद्रोही लडाकूहरू पछि हटेका सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले बुधबार जानकारी दिएको छ ।

सन् २०१२ बाट सिरियाली विद्रोही कब्जामा लिएको पूर्वी अलेप्पो सहरको ७५ प्रतिशत भन्दा सिरियाली सुरक्षाबल र संयुक्त गठबन्धनले कब्जा लिइसकेका थिए । तर, ३ हप्तायतादेखि जारी कारबाहीका सरकारी बलले सिरियाको दोस्रो ठूलो सहर अलेप्पो पूरा नै नियन्त्रणमा लिएको छ ।

गएको राति सेनाद्वारा अलेप्पोको छिमेकमा पर्ने बब अल हाडिड र आक्युल जिल्ला कब्जामा लिएपछि विद्रोहीको कब्जामा रहेको पूरानो सहरको अन्तिम भागबाट उनीहरूले हटेका अब्जरभेटरीले जानकारी दिएको छ । हाल सरकारी बलद्वारा अलेप्पोको पूर्वी भाग र सहरको ऐतिहासिक गढ मानिने सबै इलाका र मर्जेहको छिमेकमा पर्ने क्ष्ोत्रसमेत कब्जामा लिइएको जनाइएको छ ।

गएराति सरकारी सेनाले अल जाबदियाको छिमेकमा पर्ने इलाका र दक्षिणपूर्वी सहरको अझै पनि विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरूमा भारी गोलावारी गरेका अब्जरभेटरीले जानकारी दिएको छ । मंगलबार पूर्वी अलेप्पो सहरमा सरकारी सुरक्षाबलद्वारा गरिएको गोली प्रहारमा परी १ बालकसहित कम्तीमा १५ व्यक्तिको मृत्यु भएको थियो ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । यस गृहयुद्धमा इस्लामिक स्टेट र अल कायदाजस्ता आतंककारी समूह पनि हाबी हुँदै गए । यस युद्धमा परी सन् २०११ देखि हालसम्म ३ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको र दशौँ लाख व्यक्ति घाइते भएका छन् । त्यसैगरी देशभित्र र छिमेकी देशमा लाखौँ व्यक्तिले शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।

 

 

प्रतिक्रिया