काठमाडौं, १४ मंसिर । शुक्रबारबाट देशभरका ६० वटा हलमा एकसाथ रिलिज भएको चलचित्र ‘पुरानो डुंगा’को विगत ३ दिनको व्यापार सुखद रहेको जनाइएको छ । चलचित्र आउनुपूर्व आएको गीत ‘नीर जहिले रिसाउने’ बोलका कारण पनि चलचित्रको इनिसियल व्यापारमा सहयोग मिलेको निर्माणपक्षले जनाएको छ ।
निर्माणपक्षले दिएको जानकारी अनुसार काठमाडांैका पर्दाबाट २ दिनमा चलचित्रले १ करोड ग्रस कलेक्सन गरेको छ । काठमाडांै बाहिर भने २ दिनमा ५० लाखको व्यापार भएको दाबी निर्माणपक्षको छ । शुक्रबार र शनिबार यो चलचित्र हेर्न मल्टिप्लेक्स र सिंगल हलमा दर्शकको चाप उच्च देखिएको थियो । निर्माता मणिराम पोखरेलले चलचित्रको व्यापार डेढ करोडको हाराहारीमा भएको जानकारी दिएका छन् ।
‘कबड्डी र कबड्डी कबड्डी’ निर्देशन गरेका निर्देशक रामबाबु गुरुङले चलचित्र हेरेपछि दर्शकले दिने हरेक प्रतिक्रिया स्वीकार गर्ने बताएका छन् । दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ, मेनुका प्रधानको मुख्य भूमिका रहेको यो चलचित्रलाई दर्शक र समीक्षकले मिश्रित प्रतिक्रिया दिइरहेका छन् । २ दिनको इनिसियल व्यापार उच्च भए पनि आजदेखिको व्यापार भने चलचित्रको स्तरीयताका आधारमा हुनेछ ।
प्रतिक्रिया