अलग अभियानमा जनकलाकार चेतनारायण

chet-narayan-copyकाठमाडौं, १३ मंसिर । जनताको गीत गाउँदै जनताको बीचमा इतिहास बनाएका जनकलाकार चेतनारायण राई र गीता त्रिपाठीको विशेष उपस्थिति र प्रस्तुतिका साथ अलग अभियानको मंसिर शृंखला सम्पन्न भएको छ ।

राईले आफ्नो संघर्षपूर्ण विगत र गीतको पृष्ठभूमि फुकाउँदै आफ्ना मास्टरपिस गीतहरू ‘टिस्टामा खोला तरेर आउँदा’, ‘हाम्रो बस्तीमा जस्तै’, ‘वैशाखी मुना’, ‘न आयो मलाई तस्बिर उनको’ लगायत प्रस्तुत गरे । त्यसैगरी त्रिपाठीले अभियानको प्रशंसा गर्दै आफ्ना केही प्रतिनिधि गीत र कविता वाचन गरिन् ।

अतिथिको अलवा स्वप्निल स्मृति, नाकिमा, रोशन यक्सो, साङ्केन बान्तावा, अनिल नेम्बाङ, इनुमा राई, प्रिन्स याक्खा, युगसन किरात, लक्ष्मी रुम्बालगायतले रचना सुनाए भने मण्डल साम्पाङ, भीमसेना राई, आभा मुकारुङ, सरला राई, रेवत राई, यम कुमार समाल, बबिना किराती, कर्ण लामा, मिङ्मा तामाङ, रिदुम राईलगायतले सांगीतिक प्रस्तुति दिए ।

अलग अभियानले हरेक महिना साहित्य र संगीतको शृंखला आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया