कुँवर र लामाद्वारा पारा तेक्वान्दो कोर्ष पूरा

taekwondo-coachकाठमाडौं, २३ कात्तिक । दक्षिण कोरियाको मुजु सहरमा भएको पारा तेक्वान्दो कोर्स नेपालका दुई प्रशिक्षक पूरा गरेका छन् । नेपालबाट पहिलोपटक पारा तेक्वान्दो कोर्समा सहभागिता जनाएका कल्याण कुँवर र कविराज नेगी लामाले कुल १४ दिने कोर्स पूरा गरे । विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)ले तेक्वान्दो पार्टनरसिपअन्तर्गत उक्त कोर्स सञ्चालन गरेको थियो । अक्टोबर २५ देखि सुरु भएको उक्त कोर्स पारा तेक्वान्दो खेल विकासका लागि आयोजना गरिएको थियो ।

उक्त कोर्स मंगलबार सम्पन्न भएको थियो । उनीहरूले कोर्समा तेक्वान्दो प्रशिक्षण कला, प्राविधक र सैद्धान्तिक ज्ञान र शारीरिक तालिम गरेका थिए । कोर्समा १९८८ का सिओल ओलम्पिकका रजत विजेता साङ हुङ मुन, कोरियन पारा तेक्वान्दो कमिटीका सदस्य मास्टर कोन हि जिन र कोरिया पारालम्पिक कमिटीका सदस्य हि जिन कोनले प्रशिक्षण गराएका थिए । सो अवसरमा प्रशिक्षकद्वयले स्पाइरिङ र पुम्से ट्रेनिङसमेत लिए । 14907045_1095329177187969_8409333851914313935_n

डब्लुटिएफद्वारा आयोजना भएको तेक्वान्दो क्याम्पमा एथ्लिट एन्ड एन्स्ट्रक्टर कोर्स तथा क्याडेट क्याम्प पनि सम्पन्न भएको थियो । कुँवर पारा तेक्वान्दोका प्रशिक्षक हुन् भने लामा पशुपति तेक्वान्दो डोजाङका प्रशिक्षक हुन् । दुवै प्रशिक्षकले पारा तेक्वान्दो खेल विकास लागि योगदान दिइरहेका छन् ।

14937400_1527649793928131_8797387828521145570_n

कार्यक्रम समापनको अवसरमा प्रशिक्षकद्वय कुँवर र लामालाई विश्व तेक्वान्दो महासंघका सिनियर डाईरेक्टर इल चु र कोर्षका संयोजक हिउन मिन चोईले प्रमाणपत्र प्रदान गरे । कोर्समा फिलिपिन्स, पाकिस्तान, चीन र इन्डोनेसियालगायत कुल १७ देशका प्रशिक्षकलाई सहभागिता गराइएको थियो ।

प्रतिक्रिया