मलेसियामा साझा मञ्च

majhi-subbaमलेसिया । मलेसियामा रहेका नेपाली साझा मञ्चका अभियन्ताहरुले‘देशका लागि केही त गरौं !’ मञ्चको अभियानलाई सहयोग गर्न मलेशिया शाखा गठन गरेका छन् । नवगठित मलेसिया मञ्चले वैदेशिक रोजगारका क्रममा मलेसिया रहेका तर, केही सयमदेखि विरामी नेपालीलाई सहयोग गरेर समाजसेवाकोे कार्य समेत प्रारम्भ गरेको छ ।

मलेशियास्थित मञ्चको अन्तर्रा्ष्ट्रिय अभियान्ता लक्ष्मण थापाका अनुसार पर्वतका प्रताप सुवेदी, मोरंगका दलबहादुर लिम्बू, शेरचन राजवंशी, विजय साह, रामबहादुर तामाङ, कंचनपुरका ईन्द्र बिष्ट, सुनिल शाही, नुवाकोटका अमिर दोङग, सर्लाहीका सुमन कुश्वरा, भोजपुरका रामप्रसाद राई, तेह्रथुमका नरप्रसाद लिम्बू, सिन्धुपाल्चोक सोनाम तामाङग, सुनसरीका मनोज राई, संतोष कार्की, कृष्णकुमार विष्ट, नवलपरासी मिलन बिश्वकर्मा र उनी सहित १७ जना रहेका छन् । नवगठित मञ्चका अभियन्ताहरुले सिन्धुली हर्साई गाविस ३ का माझी सुब्बालाई तत्काल उपचारका लागि चार सय एक रिंगेट प्रदान गरेर मंचका तर्फबाट समाजसेवाको कार्य पनि प्रारम्भ गरेका छन् ।

मेनरा मुतियारा वन्सार जमलन लिकु एम.जे.सि. कन्स्ट्रक्सन कम्पनिमा कार्यरत सुब्बा एक महिना अघिदेखि विमारी भएर क्वालालम्पुरको युनिभर्सिटी हस्पिटल (पिजे) मा उपचारका लागि भर्ना गरिएका छन् ।

उनको उपचारमा कम्पनीले वेवास्ता गरेपछि सुब्बाको उपचारमा कठिनाई भएको छ । उनका लागि उपचार खर्च जुटाउन अभियन्ता सुमन कुश्वारा, राम राई र नरप्रसाद लिम्बू लागि परेका छन् । उनीहरुकै पहलमा सुब्बालाई विहिबार अस्पताल भर्ना गरिएको र उपचार प्रारम्भ गरिएको छ ।

प्रतिक्रिया