पोर्चुगलका प्रधानमन्त्रीले चीनको भ्रमण गर्ने

portugalबेइजिङ, १७ असोज । पोर्चुगलका प्रधानमन्त्री एन्टोनिओ कोस्टाले चीनको भ्रमण गर्न लागेका छन् । आगामी अगस्ट ८ देखि १२ तारिखसम्म कोस्टाले चीनको औपचारिक भ्रमण गर्न लागेका हुन् । चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता आइतबार सो घोषणा गरेका हुन् ।

कोस्टा उनका चिनियाँ समकक्षी लि केकिआङ्गको निमन्त्रणामा चीन भ्रमणमा आउन लागेको चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता गेङ्ग सुआङ्गले जानकारी दिएका छन् ।

भ्रमणका क्रममा उनले चीन र पोर्चुगलबीचको आर्थिक तथा व्यापारिक सहकार्यका लागि बनाइएको मञ्चको पाँचौँ सम्मेलनमा सहभागिता जनाउने बताइएको छ ।

प्रतिक्रिया