बुद्वको ‘छुटिजाने माया’

binod-and-anuकाठमाडौं, १६ असोज । गायक बुद्ध एन श्रेष्ठको आवाजमा समावेश ‘छुटी जाने माया’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुरेश थापाको शब्द रहेको गीतमा श्रेष्ठकै संगीत छ । भिडियोमा अनु शाह, विनोद पौडेल र किरातले मोडलिङ गरेका छन् ।

अनु र विनोदको प्रेमका कारण बिक्षिप्तिएका किरातले कसरी उनीहरुको हत्या गर्छन् भन्ने कथा भिडियोमा बुनिएको छ । विनोद र अनुलाई भिडियोमा रोमान्टिक अवतारमा देखाइएको छ । पासाङ योञ्जन लामाको निर्देशनमा तयार भएको भिडियोमा प्रविण श्रेष्ठको सम्पादन, ज्ञानेन्द्र शर्माको छायांकन छ ।

प्रतिक्रिया