ब्राजिलमा बेरोजगार घट्ने

रियो डि जेनेरियो, १६ असोज । ब्राजिलमा आर्थिक वृद्धिसँगसँगै बेरोजगारीको सङ्ख्या पनि २०१७ सम्ममा कमि आउने देखिएको ब्राजिलका अर्थमन्त्री हेनरिक मिरेल्सले शुक्रबार विश्वास प्रकट गर्नुभएको छ ।

ब्राजिलको इन्स्टिच्युट अफ जिओग्राफी एण्ड स्टाटिस्टिक्स (आइबीजीइ)ले यस वर्षको अगस्ट मसान्तसम्मको त्रैमासिक अवधिको एक अध्ययनमा बेरोजगारीको दर ११.८ प्रतिशत रहेको र यो दर गत वर्षको सोही अवधिको भन्दा तीन प्रतिशतले घटेको खुलासा गरेको छ । यस अर्थमा सन् २०१५ को जुनदेखि अगस्टसम्मको बेरोजगारीको दर १४.८ प्रतिशत रहेको थियो ।

ब्राजिल अझै आर्थिक मन्दीमा नै रहेको र अर्थतन्त्रलाई पहिलेकै अवस्थामा पु¥याउनका लागि प्रयास सुरु भएको अर्थमन्त्री हेनरिकले बताउनुभयो । उहाँले अर्थतन्त्रलाई सुधार गर्नका लागि सुदृढ प्रक्रिया अगाडि बढाइएकाले अर्को वर्ष देशको आर्थिक अवस्था बलियो हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया