५० वर्षपछि क्युवामा अमेरिकी राजदूत

वासिंगटन, १२ असोज । अमेरिकी राष्ट्रपति बाराक ओवामाले मंगलबार ५० वर्षपछि पहिलोपटक क्युवाका लागि ंराजदूत नियुक्त गरेका छन् । राष्ट्रपति ओवामाले जेफ्री डेलौरेन्ट्सलाई क्युवाका लागि राजदूत नियुक्त गरेकोमा आपूmलाई गौरव लागेको विज्ञप्तिमार्फत् जनाएका छन् ।

जेफ्रिले क्युबामा पुगेर निकै महत्वपूर्ण नेतृत्वदायी भूमिका खेल्नुहुने ओवामाको विश्वास छ । राजदूतको नियुक्तिपछि पूर्वप्रतिद्वन्द्वी अमेरिका र क्युवाबीचको सम्बन्धमा सुधारआई सामान्य अवस्थामा पुग्ने उनको अपेक्षा छ ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसले निकालेको विज्ञप्तिमा राष्ट्रपति ओवामाले जेफ्रीलाई कूटनीतिक क्षेत्रमा राम्रो दख्खल भएका अनुभवी व्यक्तित्वका रूपमा प्रशंसा गरेका छन् । झन्डै ५ दशकदेखिको दुई पक्षीय द्वन्द्व अन्त्य गर्दै गत सन् २०१५ को जुलाईमा अमेरिका र क्युवाबीचको कूटनीतिक सम्बन्ध पुनःआरम्भ गरिएको थियो ।

प्रतिक्रिया