५ बालकसहित २१ जनाको उद्धार

बैतडी, १२ असोज । भारत जान लागेका ५ बालकसहित २१ जनालाई प्रहरीले बुधबार बैतडीबाट उद्घार गरिएकोे छ । उद्धार हुनेमा ५ जना बैतडीका र १६ जना बझाङका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीकाअनुसार, बैतडी ग्वाल्लेक–२ का १२ वर्षीय रमेश धामी, १४ वर्षीय दिनेश भट्ट, १५ वर्षीय विनोद धामी तथा शिवलिंग– ३ का लक्ष्मणसिंह बोहरा र १६ वर्षीय प्र्रकाशराज अवस्थीको उद्घार गरिएको हो ।

प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाका अनुसार, उद्घार गरिनेमा बझाङ वानचोर–३ का १५ वर्षीय गोविन्द धामी, १६ वर्षीय राजु धामी, १७ वर्षीय अनील धामी, १७ वर्षीय जीवन धामी, १७ वर्षीय अंग धामी, १८ वर्षीय दिनेश धामी र १७ वर्षीय राजु धामी रहेका छन् । त्यस्तै, बझाङ बाज–९ का १७ वर्षीय जनक बोहरा, १७ वर्षीय धनबहादुर बोहरा, १८ वर्षीय दलबहादुर बोहरा, १८ वर्षीय रामबहादुर बोहरा, १७ वर्षीय दमनबहादुर बोहरा, १७ वर्षीय हिक्मत बोहरा, १७ वर्षीय बलदेव बोहरा, १७ वर्षीय जनक धामी र १८ वर्षीय नरदीप बोहराको पनि उद्घार गरिएको प्रहरी नायब उपरीक्षक राणाले बताए ।

उद्घार गरिएकामध्ये बैतडी ग्वाल्लेकका रमेश धामी, दिनेश भट्ट र विनोद धामीलाई आफन्तको जिम्मा लगाइसकेको र बाँकी अन्यलाई पनि उनीहरूको घरपरिवारमा सम्पर्क गरी जिम्मा लगाउने तयारी भइरहेको उनले बताए । प्रहरीले आज बैतडी सदरमुकाम गोठलापानीमा रहेको बसपार्क र बजारक्षेत्रबाट उनीहरूलाई उद्घार गरेको हो । शंका लागेर सोधपुछ गर्दा भागेर भारततर्फ जान लागेको अवस्थामा प्रहरीले उनीहरूलाई उद्घार गरिएको जनाएको छ ।

यसअघि पनि प्रहरीले असोज ३ गते बैतडीको सीमा नाका झुलाघाट भएर भारत जान लागेका अवस्थामा २ बालकसहित ३ जनाको उद्घार गरेको थियो । पछिल्लो समय बैतडीमा विद्यालय छोडेर भारत जानेको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया