९० प्रतिशतभन्दा बढीले अस्वच्छ स्वास लिन्छन् : डब्लुएचओ

un-whoजेनेभा, १२ असोज । विश्वका रहेक १० जनामध्ये ९ जनाले अस्वच्छ स्वास लिनेगरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मंगलबार जनाएको छ । सो संगठनले यस प्रदूषणका विरुद्धमा नाटकियरूपमा काम गर्न पनि सबैलाई आह्वान गरेको छ । प्रदूषित स्वासप्रश्वासकै कारण विश्वमा रहेक वर्ष ६० लाख व्यक्तिको मृत्यु हुने गरेको सो संस्थाको तथ्यांक रहेको छ ।

संगठनको सार्वजनिक स्वास्थ्य तथा वातावरण विभागकी प्रमुख मरिया नेइराले नयाँ तथ्यबाट आफूहरू निकै चिन्तित भएको बताएकी छन् । संगठनले तयार पारेको पछिल्लो प्रतिवेदनअनुसार, विश्वका महत्वपूर्ण सहरबजारमा निकै प्रदूषित हावा छ भने, ग्रामीणक्षेत्रमा पनि सन्तोषजनक देखिएको छैन ।

विश्वका विकसित मुलुकमाभन्दा गरिब मुुलुकमा स्वच्छ हावाको अभाव देखिएको छ । यस प्रदूषणले विश्वका हरेक व्यक्तिलगायत समाजलाई असर पारेको छ । ‘यो सार्वजनिक स्वास्थ्यको आपतकालीन अवस्था हो,’ नेइराले भनिन्, ‘प्रदूषण नियन्त्रणका लागि तत्काल प्रशस्त काम गर्नु अत्यावश्यक छ ।’

विश्वका सबै सरकारी निकायले सडकमा सवारी साधनको संख्या घटाउनुपर्दछ भने पकाउनका लागि स्वच्छ ऊर्जाको प्रयोग गर्नुपर्दछ,’ प्रतिवेदनमा जनाइएको छ । विश्वका ३ हजार ठाउँबाट मगाइएका विवरणका आधारमा प्रतिवेदन तयार पारिएको बताइएको छ । ती विवरणका अनुसार विश्वको ९२ प्रतिशत जनसंख्या गुणस्तरहीन हावा भएको ठाउँमा बसेका छन् ।

प्रतिक्रिया