ताइवान, १२ असोज । ताइवानमा आएको भीषण आँधीको कारण त्यहाँ रहेका विद्यालय र सरकारी कार्यलय बन्द गरिएको छ । प्रतिघन्टाको १ सय ६२ किलोमिटरको दरले मंगलबार आएको यस आँधीले पहाडी र द्वीप इलाका बढी प्रभावित भएको थियो ।
सरकारी अधिकारीले यस आँधीपछि सर्वसाधारणलाई सतर्क रहन चेतावनी दिएका छन् । मेगी नामक यस आँधीको कारण आएको हावा हुरी र भीषण वर्षाको कारण द्वीप इलाकामा बाढी र पहिरोको समेत आशंका बढेको बताइएको छ ।
सो आँधीको कारण बाढी र पहिरोको भयले ५ हजार ३ सय ३६ व्यक्तिलाई पहाडी इलाकाबाट सुरक्षितस्थानमा लगिएको बताइएको छ । मेगी ताइवानमा यसवर्ष आएको चौथो आँधी भएको बताइएको छ ।
प्रतिक्रिया