जेष्ठ राष्ट्रिय खेलाडीलाई सम्मान

काठमाडौं, १२ असोज । नेपाली खेलकुदको पहिलो पुस्ताका राष्ट्रिय खेलाडी सम्मान गरिएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी र मनमोहन स्मृति प्रतिष्ठानले संयुक्त रूपमा नेपाली खेलकुदमा लामो समय खर्चिएका जेष्ठ पूर्वराष्ट्रिय खेलाडीहरूलाई सम्मान गरेको हो । विश्व जेष्ठ नागरिक दिवसका अवसरमा प्रतिष्ठान र एकेडेमीले नेपाली खेलकुद क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका ७० वर्षभन्दा माथि उमेर समूहका पूर्वराष्ट्रिय खेलाडीहरूलाई सम्मान गरेको थियो । पूर्व राष्ट्रिय खेलाडी आरवी सिंह, मधुकरशमशेर राणा, कुमार मोहनबहादुर शाही, कोमल राणा, जयकुमारनाथ शाह, रीता मुखर्जी, बानु राणा, नृपेन्द्रसिंह केसी, परासिया कला, हिमालयशमशेर राणा रहेका छन् । त्यसैगरी विनोदशम्शेर राणा, द्वारिकारामभगत माथेमा, शंकर केसी, ललितविक्रम शाह, जी शाही, शशी सुवेदी, नुवानविक्रम सिंह, डा. सिंहबहादुर बस्नेत, रूपालशमशेर जबरा, विश्व थापा, भीम थापा, विनयराज पाण्डे, सागरशमशेर राणा, निमा लामा, हेमा लामा, अंकुरसिंह राणा रहेका छन् ।

त्यस्तै बासुदेव प्रधान, दामोदरनारायण सुवाल, विजेन्द्रलाल श्रेष्ठ, यज्ञलाल श्रेष्ठ, रमेश खनाल, त्रिरत्न मानन्धर, प्रयागराजसिंह सुवाल, माणिकचरण श्रेष्ठ, सुरेशसिंह आले, रामशंकरलाल श्रेष्ठ, रविप्रसाद गुरुङ, कान्छालाल दर्शनधारी, रुवालशमशेर जबरा, सुरबहादुर श्रेष्ठ, कृष्णबहादुर खत्री, श्याम चित्रकार, ज्ञानबहादुर धाख्वा, समरबहादुर महत, कृष्णप्रसाद खड्गी, अजितनारायण थापा, प्रभु श्रेष्ठ, कल्याण श्रेष्ठ र गिजेन्द्रमान सिंहसहित ५० जना पूर्व राष्ट्रिय खेलाडी सम्मानित भएका छन् । जेष्ठ खेलाडीहरूलाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली, मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष भरतमोहन अधिकारी, मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारी र मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठलगायतले सम्मान गरेका थिए ।

सम्मानित खेलाडीलाई शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिइन् । सो अवसरमा मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले जेष्ठ खेलाडीको बारेमा राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए । श्रेष्ठले लामो समय देशका लागि योगदान पु¥याएका तथा देशका लागि ज्यान नै बाजी राख्न तयार भएका पूर्वखेलाडीहरू खेलकुदका सम्बन्धित निकाय र सरकारबाटै नै छायाँमा परेको अवस्थामा नयाँ खेलाडी प्रोत्सान मिलोस् भन्ने उद्देश्यका साथ नेपाली खेलकुदका पहिलो युगका खेलाडीलाई सम्मान गरिएको बताए ।

राष्ट्रपति भण्डारीले देशको नाम र झन्डा विश्वमाझ परिचित गराउन सफल जेष्ठ खेलाडीलाई सम्मान गर्न पाउँदा आपूm निकै खुसी भएको बताइन् । उनले भनिन्, ‘यहाँहरूको अनुभवले नयाँ पिढीलाई प्रोत्सान मिल्नेछ । त्यसैले यो सम्मानले युवाहरूलाई प्रोत्सानसमेत पुग्नेछ । जापानमा ०२० ओलम्पिक हँुदै छ । नेपालले अहिलेसम्म पनि ओलम्पिकमा राम्रो गर्न सकिरहेको छैन । त्यसकारण राष्ट्रिय खेलकुद परिषद्को पहलमा नेपाल सरकारले जापान ओलम्पिक लागि तयारी गर्नुपर्छ । खेलबाट देशलाई संसारमा चिनाउन सफल खेलाडी नै हुन् । त्यसैले सबै निकाय क्रियाशील भएर लाग्नुपर्छ ।’

एमाले अध्यक्ष ओलीले देश र स्वास्थ्यका लागि खेलकुद निकै आवश्यक भएको आँैल्याउँदै नेपाली खेलकुद क्षेत्रका पहिलो पुस्ताका खेलाडीहरूको सम्मानले नयाँ पिढीलाई हौसला मिल्ने बताए । स्पोर्टस् ऐकेडेमीका अध्यक्ष श्रेष्ठले उनीहरूले राष्ट्रका लागि पु¥याएको योगदानको कदर हुनुका साथै नयाँ पुस्तालाई खेलकुदमा लाग्न प्रेरणा मिल्ने विश्वास आयोजकको छ ।

प्रतिक्रिया