दार–ए–सलाममा एनआरएनएको दोश्रो अफ्रिका क्षेत्रीय बैठक हुने

NRNA-NCC-Thailand-LOGOगैरआवासीय नेपाली संघको दोश्रो अफ्रिका क्षेत्रीय बैठक तान्जानियाको राजधानी दार–ए–सलाममा यही डिसेम्बर २४–२५ मा सम्पन्न हुने भएको छ । बैठक एनआरएनए तान्जानियाको आतिथ्यमा र नेपाल दुतावाश दक्षिण अफ्रिकाको सह्कार्यमा आयोजना हुँदैछ ।

बैठकले अफ्रिकामा रहेका नेपालीका समस्या, नेपाल दुतावास र निकायको न्युन उपस्थितिले परिरहेको समस्या, गैरकानुनी मानव ओसारपसार, अफ्रिका राहत कोष तथा अफ्रिका र नेपालबीच पर्यटन अनुभव आदान- प्रदानलगायत विषयमा छलफल गर्नेछ ।

बैठकमा एक दर्जन भन्दा बढी अफ्रिकास्थित एनआरएनएका राष्ट्रिय समितिहरुको उपस्थिति रहनेछ ।

बैठकको आयोजना गर्न अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्की संयोजक र एनआरएनए तान्जानियाका अध्यक्ष रोशन थापा सह्संयोजक रहेको एक आयोजक समिती गठन भएको छ ।

प्रतिक्रिया