आत्मघाती आक्रमण चारको मृत्यु

बग्दाद, १० असोज । इराकको राजधानी बग्दादको पश्चिमी भागमा भएको एक आत्मघाती आक्रमणमा कम्तीमा ६ व्यक्तिको मृत्यु भएको छ । सिया मुसलमान इलाकालाई लक्ष्यगरी गरिएको आत्मघाती आक्रमणमा ६ जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

राजधानीको उत्तर सहरमा बम आक्रमण भएको एक दिन पछाडि पुनः सो आक्रमण भएको छ । एक विद्यालय भवन नजिकै बन्दोबस्त गरिएको त्रिपालमा बिस्फोटक पदार्थ बोकेका आत्मघाती आक्रमणकारीले सो बिस्फोटन गराएको छ । आगामी हप्ता हुन गइरहेको प्रमुख धार्मिक कार्यका लागि सो त्रिपालको बन्दोबस्त गरिएको थियो ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर, सिया मुसलमान समूदायविरुद्ध बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टेट समूहले नै यस्ता आक्रमण गराउँदै आएकोले यस आक्रमणमा पनि सोही समूहको हात रहेको अनुमान गरिएको छ । इराकमा अगस्टभरी भएका आतंककारी घटनामा कम्तीमा ६ सय ९१ जनाको मृत्यु हुनको साथै अन्य १ हजार १६ जना घाइते भएका इराकको लागि संयुक्त राष्ट्र संघीय मिसनले जानकारी दिएको छ ।

इराकको टिक्रिट सहरमा भएको बम आक्रमणमा १२ जनाको मृत्यु भएको एक दिन पछाडि पुनः आइतबार आत्मघाती आक्रमण भएको छ । सो सहरमा भएको आक्रमणको आइएस लडाकू समूहले जिम्मा लिएको थियो ।

प्रतिक्रिया