रिश्मा गुरुङको थारु लुक्स्

rishma-jhumkiकाठमाडौं, १० असोज । रिश्मा गुरुङ अभिनीत चलचित्र ‘झुम्की’ प्रदर्शन भए लगत्तै सामाजिक सञ्जालमा उनको प्रशंसा गर्नेहरू बढेका छन् । ‘कबड्डी’बाट फिल्ममा डेब्यु गरेकी रिश्माले कबड्डी र त्यसको सिक्वेलमा बनेको ‘कबड्डी कबड्डी’मा मुस्ताङमा हुर्किएकी किशोरीको भूमिका निर्वाह गरेकी छन् । पोखरामा हुर्किएकी गुरुङ समुदायकी रिश्माले ‘झुम्की’मा भने थारू युवतीको चरित्र निर्वाह गरिन् । पोखरा बजारमा बसेकी रिश्माले, क्षेत्री, बाहुन थारूलगायत धेरैको जीवनशैलीलाई हल्का बुझ्ने अवसर त पाएकी थिइन् । तर, टिपिकल थारू गाउँकै लाइफ स्टाइल थाह थिएन ।

झुम्कीको स्क्रिप्ट पढे लगत्तै थारूहरूको रहनसहन बुझ्न सुरु गरेको उनको भनाइ छ । थारू संस्कार बारे जानकारी लिन सबैभन्दा धेरै सहयोग एउटा सिरियलले गरेको रहेछ । ‘मैले फिल्ममा एग्रिमेन्ट गरे लगत्तै एउटा सिरियल प्रसारण भयो, त्यसमा देउकी नाम गरेकी पात्र थिइन् तिनलाई हेरेर धेरै सिकेँ’ ।

त्यसबाहेक सुटिङ हुनु ७ दिनअघि उनको इन्टायर टिम दाङ पुगेको थियो । त्यसबाट पनि केही सिक्ने अवसर पाइन् । रिश्मा भन्छिन्, ‘दाङमै एकहप्ता भएको वर्कसपले पनि धेरै सजिलो भयो ।’ पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त हुन थालेकी रिश्माले चुजी नायिकाको छवी स्थापित गरेकी छन् । विदेशमा आयोजना हुने स्टेज कार्यक्रमबाट पनि उत्तिकै निम्ता आउन थालेको छ । अब पढाइ सुरु हुन लागेकाले फिल्मलाई केही कम गर्ने योजना छ । ‘फिल्म गर्दै नगर्ने त होइन तर, अलि कम गर्छु’ उनले भनिन् ।

प्रतिक्रिया