बाढी पहिरोका कारण १७ जनाको मृत्यु

indonesiaजाकर्ता, ६ असोज । इन्डोनेसियाको पश्चिमी क्षेत्रमा बुधबार बिहान आएको बाढी पहिरोका कारण १७ जनाको मृत्यु भएको छ भने ९ जना अझै हराइरहेका छन् । इन्डोनेसियाली राष्ट्रिय विपद् व्यवस्थापन विभागले बाढीपहिरोमा परी ३२ जना घाइते भएको र सयौँ विस्थापित भएको जनाएको छ ।

स्थानीय समयअनुसार विहान १ बजे पश्चिम इन्डोनेसियाको गरुत जिल्लामा पर्ने २ नदीमा भीषण बाढी आएको उक्त विभागका प्रवक्ताले जानकारी दिए । उनले त्यहाँ १४ जनाको मृत्यु भएको, ३० जना घाइते भएको र ८ जना हराइरहेको बताए ।

त्यसैगरी सुमेडाङ जिल्लामा मंगलबार राती १० बजेतिर आएको बाढी पहिरोले ३ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । हराइरहेकाहरूको खोजी गर्न र विस्थापितहरूलाई आपतकालिन सहयोग गर्न सुरक्षाकर्मी, प्रकोप निकायका अधिकारीलगायत लागिरहेका छन् ।

बाढीपहिरोबाट प्रभावितमध्ये झन्डै १ सय जनालाई सरकारी भवन तथा शैनिक शिविरमा राखिएको अधिकारीहरूले जनाएका छन् । भारीवर्षा हुनासाथ इन्डोनेसियामा बाढी आउने र पहिरो जाने समस्याबाट इन्डोनेसियाली पीडित हुने गर्छन् ।

प्रतिक्रिया