फेरी पल्टिँदा ३० जना बेपत्ता

ढाका, ६ असोज । यात्रुले खचाखच भरिएको फेरी पल्टिँदा बंलादेशमा बुधवार ३० जना बेपत्ता भएका छन् । फेरीमा रहेका केही यात्रु पौडिनलाग्दा अन्य यात्रु डराएपछि फेरी असन्तुलित भई पल्टिएको प्रहरीले बताएको छ ।

सो फेरीमा ७० देखि ८० जनासम्म यात्रु रहेकाले फेरीले धान्न नसकी दुर्घटना भएको प्रहरीको भनाइ छ । बंगलादेशमा यस्ता दुर्घटना बेला बेलामा भइरहने गर्दछन् । हरेकवर्ष खचाखच यात्रु बोकेका कारण फेरी दुर्घटना भई सयौँको मृत्यु हुने गरेको छ । गतवर्ष फेब्रुअरीमा भएको फेरी दुर्घटनामा ६९ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया