संगीतमा फेरी जोडिए भलकाजी (गीत सहित)

bhala-kaji

माक्पाली कान्छा
काठमाडौं,६ असोज । खोटाङ जिल्लाको सुदुर गाउमा जन्मेका ऊर्जावान युवा गायक भलाकाजी राई केही समय यता नेपाली संगीचतमा गुमनाम नस्तै भएका थिए । घरको व्यावहारिक काम तथा बाँच्नका लागि गर्नुपर्ने रोजगारी जस्ता कुराले उनलाई गीतसंगीतबाट अलि पर पु¥याएको थियो । तर, उनी भर्खरै काठमाडौं सुटुक्क छिरेर फेरि आफ्नो संगीतको यात्रालाई अगाडि बढाउन लागेका छन् । उनको ‘भिन्चीको मोनालिसा जस्तै, गोर्कीको आमा जस्तै, मेरो प्यारो नेपाल, मेरो प्यारो नेपाल, प्यारो नेपाल’ बोलको गीतको रेकर्डिङ सकिएको छ । उनकै शब्द संगीतमा रहेको राष्ट्रिय गीत हो यो ।

प्रायः स्टेजमा गीतहरू गाइरहने गाउँका कुशल कलाकार तथा युवा कवि भलाकाजी राई प्रायः जनजीविकाको गीत गाउँछन् । बाल्यकालमा उकाली–ओराली गर्दै मेलापातमा जाँदा आफन्तहरूले गाएको सुनेर संगीतमा रमाउन पुगेका राईले आफ्नै बाबाले गीत गाउन सिकाएको बताउँछन् । उनी सम्झन्छन्, त्यो बेला चलेको गीत ‘मायाको बारीमा प्रीतिको फूल, संगाली राखेको कुसुमे रुमाल’ पहिलोचोटि बाबाले गाउन सिकाउनु भएको राई भन्छन् । यसपछि मेलापातमा जाँदा गाउँका अग्रजहरूले गाएको हाकपारे गीत ‘सर्लगंै यो केश मायाले काट्यो नौ डाँडा नौ देश’, ‘छमछम घाँस डाले, धेरैधेरै सम्झना ए होइ मै जाले’जस्ता गीतहरूले त्यो गाउनै संगीतमय बनाएपछि को हुँदैन त कलाकार उनको भनाइ छ ।

कलायात्रा तय गरेपछि सुरुमा रामेश रायनको गीत गाउँदै हिँडेका उनी आफैले पनि गीतसंगीत गर्न थालेको धेरै भयो, तर काठमाडौंको भिडमा छिरेर काम गर्न नजुरेको बताउने उनको बाटो सुल्टिएको बताउँछन् । किनार सोलो अडियो एल्बम बजारमा ल्याएको उनको संगीत यात्रामा रामेश रायनको सबैभन्दा कठोर पहाड चढ्दै छौँ, तर गर्विलो पहाड चढ्दै छौँ जस्ता गीतहरूले प्रेरणा दिइरहेको छ । आफ्नो अनुभूतिमा सिर्जना निरन्तर गर्ने तर नामका लागि नभएर आत्मसन्तुष्टिका लागि गर्दै आएको बताउने राई आपूmले संगीतलाई अभिव्यक्तिको सुन्दर माध्यम ठानेका छन् । संगीत भनेको जबर्जस्त थोपरिएको जस्तो माटोको ढिस्कुनो होइन । संगीत भनेको त भर्खरै काढेको महको शुद्ध चाका हो जसलाई चटक्क काटेर मुखमा लगाउँदा जस्तो स्वाद हुन्छ त्यस्तै हुनुपर्छ भन्छन् उनी । गीत, संगीत तथा गायकीको अलवा कविता लेखनमा समेत राम्रै उपस्थित दिने कलाकार राईको पूर्वेली लोकभाकाका मारुनी गीत आकाशैमा हेरहै झिलि र मिली तारा धरतीमा के फूलै फुल्यो, जीउवै लैग्यो जैमाईले नरलोकमा माया भुल्यो, निकै चर्चामा रहेको छ । यस्तै धान नाचमा भेटौँला, तिमीले बिर्सेर रै आजमेरो यो हाल भो, आरु फुल्दा भेटौँला मायालु पैयुँ फुल्दा छुटौँला मायालु, टिनको टोकरीजस्ता लोक आधुनिक गीत बजारमा आएको छ ।

जनवादी गीत तथा संगीत हुँदै सिर्जनाको यात्रामा जमेका उनी संगीतमा संख्यात्मक होइन गुणात्मकता चाहिएको अनुभव राख्छन् । हतारमा गरिएको काम लतारिएको हुने उनको तर्क छ । संगीतको बजार बढ्दै गएको छ । तर समाउने कोसिस नभएकाले छिनमा आउने छिनमा हराउने नवकलाकारहरूको मनोदशा देखेका उनी संगीत बजारमा आउन हतार गर्न नमिल्ने र आएपछि फर्किन नहुने पनि तर्क राख्छन् । हतारमा आएका सिर्जनाले वास्तविक सिर्जनाको अन्त्य हुन सक्ने भएकाले आज व्यावसायिक संगीत यात्रामा आउँदा समस्याहरू देखिएको बताउने राईले चाडै अर्को एल्बमको तयारी गरिरहेका छन् । कालिका मावि राखाबाङदेल खोटाङमा प्रारम्भिक अध्ययन गरेको राई ‘राम साइला सुरुबुरु लांकुरीको लंकै पुग्यो जरा, रामसाइला दुःखीको ज्यानलाई दुष्टले यहाँ भन्दैन है बरा’ यही गीतबाट पहिलो स्टेजमा जमेका थिए ।

जति हामीमाथि जान्छौ घामको नजिक पुग्छौँ,
न्यानो नयाँ किरणको ताप हामी पाउँछौ,
यात्रा हाम्रो जिन्दगीको वर्षौ वर्षसम्म,
बढी रहन्छौ नपुगिन्जेल आफ्नो लक्ष्यसम्म,

यो गीतको हरफले अझै जाँगर भरिरहेको बताउने राई आफ्नो बाबा मारुनी नाचको मुलमादले कर्णबहादुर राईलाई आफ्नो प्रमुख गुरुको रूपमा मान्छन् । उनको रगतमा ममा छ, राईको भनाइ छ ।

गीत सुन्न तल जानुहोस…

प्रतिक्रिया