उत्तर कोरियाद्वारा रकेट मेसिन परीक्षण

north-koreaसोल, ५ असोज । उत्तर कोरियाले ठूलो शक्तिको रकेट मेसिन सफलतापूर्वक परीक्षण गरेको जनाएको छ । संयुक्तराज्य अमेरिकाको पूर्वीसमुद्रतर्फ लक्षित गरेर परीक्षण गरेको उत्तर कोरियाको आधिकारीक सञ्चार माध्यमले जनाएको छ ।

उत्तर कोरिया सरकारद्वारा सञ्चालित समाचार समिति केसिएनएले लेखेको छ, ‘पूर्वी अमेरिकातर्फको दुरी झन्डै १२ हजार किलोमिटर छ, त्यसैले उत्तर कोरियाले आफ्नो क्षमता देखाउँदै छ ।’ स्याटलाइट प्रक्षेपणका लागि उत्तरकोरियाले स्थानीय समयअनुसार बिहान रकेट मेसिनको सफल परीक्षण गरेको स्थानीय अधिकारीले जनाएका छन् ।

जमिनको सतहमा गरिएको रकेट मेसिनको सफल परीक्षणपछि नेता किम जोन उनले स्याटलाइट प्रक्षेपणका लागि शीघ्र तयारी गर्न वैज्ञानिक र इन्जिनियरलाई निर्देशन दिएका छन् । पछिल्लो १ वर्षमा उत्तर कोरियाले निरन्तर गरिरहेको मिसाइल परीक्षणको एक अंशका रूपमा रकेट मेसिनको परीक्षणलाई लिइएको छ ।

उत्तर कोरियाले टाढासम्म हान्न सकिने यन्त्र ‘मिसाइल’ लामो समयदेखि देशभित्रै नियमितरूपमा परीक्षण गर्दै आइरहेको छ । उत्तर कोरियाले निरन्तर गरिरहेको न्युक्लियर प्रक्षेपणका सम्बन्धमा चीन र अमेरिकाले संयुक्त राष्ट्र«संघको बैठकमा कुरा उठाउने बताइरहेका बेला अर्को रकेट मेसिन परीक्षण गरेको हो ।

प्रतिक्रिया