काश्मिरमा १७ सैनिकको मृत्यु

kasmirश्रीनगर, ३ असोज । भारत अधिनस्थ काश्मिरमा रहेको सैनिक प्रमुख कार्यालयमा आइतबार आतंककारीद्वारा भएको आक्रमणमा परी १७ सेनाले ज्यान गुमाएका छन् । सैनिकको उत्तरी कमान्डले सो जानकारी दिएको छ । यस आक्रमणको क्रममा उरीस्थित सेनाले गरेको जावाफी कारबाहीमा ४ आतंककारीको पनि मृत्यु भएको छ ।

यस आक्रमणमा १७ सैनिकले आफ्नो बलिदान दिएको सैनिकको उत्तरी कमान्डद्वारा ट्विटरमार्फत जानकारी दिएको छ । भारत अधिनस्थ काश्मिरको प्रमुख सहर श्रीनगरबाट १ सय किलोमिटर पश्चिममा यस उत्तरी क्षेत्र पर्ने बताइएको छ ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अधिनस्थ कश्मिरमा सरकारी सेनामाथी भएको आक्रमणको कडा शव्दमा निन्दा गरेका छन् । भारत अधिनस्थ काश्मिरको उरीमा रहेको सैनिक प्रधान कार्यालयमा १७ जना भारतीय सेनाको ज्यान जानेगरी भएको आक्रमणलाई प्रधानमन्त्री मोदीले अमानवीय र क्रुर घटनाको संज्ञा दिएका छन् । ‘क्रुर आतंककारीद्वारा काश्मिरमा गरेको घृणित घटनाको हामी कडा शव्दमा निन्दा गर्दछौँ र घटनाका दोषीलाई कुनै पनि हालतमा कडा कारवाही गरी छाड्ने अठोट पनि व्यक्त गर्दछु ।’ मोदीले ट्विटरमा लेखेका छन् ।

भारत अधिनस्थ काश्मिरमा रहेको सैनिक प्रमुख कार्यालयमा आइतबार आतंककारीद्वारा भएको आक्रमणमा परी १७ सेनाले ज्यान गुमाएका छन् । यस आक्रमणको क्रममा सेनाले गरेको जावाफी कारबाहीमा ४ आतककारीको पनि मृत्यु भएको छ । भारत अधिनस्थ काश्मिरको प्रमुख सहर श्रीनगरबाट १ सय किलोमिटर पश्चिममा यस उरी क्षेत्र पर्दछ ।

प्रतिक्रिया