न्युयोर्कमा भएको विस्फोटमा २९ घाइते

न्युयोर्क, ३ असोज । अमेरिकाको न्युयोर्क राज्यको छिमेकमा पर्ने चेल्सीमा शनिबार भएको बम विस्फोटनमा परी कम्तीमा २९ जना घाइते भएका छन् । यद्यपि, यस क्षेत्रमा आतंकको प्रत्यक्ष सहभागिता नरहेको अधिकारीले जानकारी दिएका छन् ।

घाइतेहरूको उपचार भइरहेको र १ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाकारी दिएको छ । ‘प्रारम्भिक समाचारअनुसार घटनास्थलमा विस्फोट गराउने आतंककारीका कुनै प्रमाण फेला परेका छैनन्,’ न्युयोर्कका मेयर विल डे ब्लासिओले बताएका छन् ।

‘यहाँ केही रहस्य अवश्य छ, हामीले निकै सावधानीका साथ अनुसन्धान सुरु गरिसकेका छौँ, तर अहिलेसम्म अपराधीका कुनै पनि प्रमाण फेला पारेका छैनौंँ,’ उनले थप जानकारी दिएका छन् । अग्नी नियन्त्रण विभागका आयुक्त डेनिल निग्रोले पनि घटनामा २९ जना घाइते भएका र २४ जनालाई अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् ।

बेलुका करिब ८ः३० मा भएको यो विस्फोट ग्यासको विस्फोटनको कारण नभएको प्रंहरीले स्पष्ट पारेको छ । यो विस्फोट नियतबस गरिएको पनि न्युयोर्कका मेयर विल डे ब्लासिओले बताएका छन् ।

प्रतिक्रिया