निर्मात्री नम्रता आफैँ असन्तुष्ट

namrata sherstha copyकाठमाडौं ,१३ जेठ । ‘सोल सिस्टर’बाट निर्मात्री बनेकी अभिनेत्री नम्रता श्रेष्ठले उक्त फिल्मबाट आफू स्वयं सन्तुष्ट नभएको खुलासा गरेकी छन् । उनका अनुसार जस्तो फिल्म बन्ला भनेर सोचिएको थियो, त्यस्तो नबनेकाले सन्तुष्ट नभएको बताइन् । त्यो फिल्मको नतिजा मलाई नै चित्त बुझेन् । मैले जस्तो सोचेको थिएँ, फिल्म त्यस्तो बनेन ।

नम्रताको फिल्म भनेपछि दर्शकमा एउटा अपेक्षा हुन्छ । उहाँहरूलाई मैले फिल्म गर्दा मेहेनत गर्छु भन्ने छ । म पनि सकेसम्म राम्रो बनोस् भनेर काम गरिरहेकी हुन्छु । दर्शकहरू पनि त्यस्तै आशा लिएर फिल्म हेर्न आउनुहुन्छ । त्यत्रो पैसा तिरेर मेरो फिल्म हेरेपछि ए ! यो पनि यस्तै’ भन्ने भएपछि मैले फिल्म बनाएको कुनै अर्थै भएन नि।’

‘सानो संसार’बाट नेपाली फिल्ममा डेब्यू गरेकी नम्रता आगामी फिल्ममा ‘सोल सिस्टर’को जस्तो नियति नदोहो¥याउनेमा आफू सजग छिन् । उनले त्यही सजगताका त्यसैले गोपीकृष्णसँग मिलेर नयाँ फिल्म निर्माण गर्ने भनेर घोषणा गरेको फिल्म गर्न नहतारिएको बताइन्, ‘बीचमा म क्लासिक फिल्ममा व्यस्त भएँ । त्यो फिल्म बन्छ । हामी अहिले स्क्रिप्टमा काम गर्दैछौँ । स्क्रिप्ट चित्तबुझ्दो बनेपछि काम सुरू गर्छौं’। तत्काल कुनै फिल्ममा अनुबन्धित नभएकी नम्रताले कुनै ‘ड्रिम रोल’ दिमागमा राखेकी छैनन् ।

‘मलाई पृथक खालको, यस्तै भूमिका गरूँभन्दा पनि निर्वाह गर्ने चरित्रलाई न्याय गर्न सकूँ त्यसमा ध्यान छ । सधैँ ‘मौन’, ‘क्लासिक’मा जस्तो फरक गर्नुपर्छ भन्ने छैन् । फिल्ममा प्रस्तुति कस्तो हुन्छ, त्यसमा भर पर्छ । कलाकारका हिसाबमा धेरैभन्दा धेरै चरित्र निभाउन चहाना त सधैँ भइ नै हाल्छ ।’ नम्रताले आफ्नो करियरको समीक्षा नगरेको पनि खुलाइन् । उनका अनुसार त्यो बेला अझ आइसकेको छैन् । उनी १० वर्षपछि मात्र त्यसको सम्भावना रहेको देख्छिन् । उनको विचारमा अहिले नै फिल्म यात्राका बारेमा समीक्षा गर्नु हतारो हुन्छ । ‘म अहिले सिक्ने क्रम मै छु । अहिले नै समीक्षा गर्न थाल्यो भने त्यो त्यतै अड्किन सक्छ । अहिले काम गर्दै जाउँ । जुन दिन मलाई लाग्नेछ अब त्यो बेला आयो, त्यो अवश्य नै गर्नेछु ।’

अभिनय हुँदै फिल्म निर्माता बनिसकेकी नम्रताको कुनै दिन दर्शकहरूको अगाडि निर्देशकका रूपमा आउने योजना पनि छ । ‘मलाई रूचि छ । मलाई फिल्म क्षेत्रमै रहिरहने मन छ । म त्यसैले यसका अरू कामहरू सिकिरहेकी छु । यो जहिले पनि मेरो रूचिको विषय हो । तर, कहिले, कुन दिन भन्ने योजना त अहिले मसँग छैन ।’

प्रतिक्रिया