जापानमा जी–७ को सम्मेलन सुरु

इजे, १३ जेठ । विश्वका औद्योगिक राष्ट्रहरुको संयुक्त संगठन जी–७ को सम्मेलन जापानी पुरानो सहर इसेमा बिहीबार सुरु भएको छ । जापानको सांस्कृतिक एवं पुरानो सहर इसेमा बिहीबार सुरु भएको सो बैठकमा वर्तमान विश्व आर्थिक नीति र जापानको ओकिनवामा रहेका अमेरिकी सेनाको बारेमा केन्द्रित हुने बताइएको छ । जापानी संस्कृतिको उद्गमस्थल मानिने सो सहरमा जापानको पुरानो परम्पराको पहिचान गराउन नेताहरुलाई सो संस्कृति देखाउनका लागि सो स्थानमा उक्त सम्मेलनको आयोजना गरिएको जापानी प्रधानमन्त्रीले बताएको छ ।

उनले जापानको पुरानो धर्म र परम्परा सिन्तोको पहिचानका लागि विभिन्न योजनाहरु पनि ल्याएको छ । उनले आपूm सत्तामा आउँदा नै सन् २०१२ को पछिल्लो समयमा यो संस्कारको प्रवद्र्धन गर्ने बताएको थियो । उक्त सम्मेलनको सुरुमा सार्वजनिक गरिएको सूचनाअनुसार यस सम्मेलनमा नेताहरुले विश्वको अर्थतन्त्र, राजनीतिक परिवेश, आतंकवादका कारण विश्वमा परेको प्रभाव र यसका विरुद्धमा लड्न तय गरिने विधिहरुका बारेमा छलफल गर्नेछन् । साथै उक्त सम्मेलनमा कोरियाली प्रायद्वीपमा बढ्दो तनाव, क्षेत्रीय र विश्व राजनीति एवं जलवायु परिवर्तनका बारेमा पनि छलफल गरिने प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

यो सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ । यस सम्मेलनपछि संयुक्त प्रेस विज्ञप्ति पनि जारी गरिने जनाइएको छ । यसअघि जापानको दक्षिणी टापू ओकिनवाका कम्तिमा पनि ४ हजार नागरिकले बुधबार मात्र अमेरिकाका विरुद्धमा प्रदर्शन गरेका थिए ।

ओकिनवा जिल्लाकी एकजना स्थानीय महिलालाई ओकिनवामा रहने अमेरिकी पूर्वसैनिकले गरेको हत्याका विरुद्धमा सो प्रदर्शन गरेका हुन् । बुधबार नै अमेरिकी राष्ट्रपति बाराक ओबामा जापान पुगेका थिए । उनलाई सन्देश दिने हिसाबले नै उक्त विरोध प्रदर्शन गरिएको स्थानीयले जनाएका थिए ।

प्राप्त अर्काे एक समाचारमा बुधबार राति नै अमेरिकी राष्ट्रपति बाराक ओबामा र जापानी प्रधानमन्त्री सिन्जो अबेबीच भेटवार्ता भएको थियो । सो वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ओबामाले उक्त हत्याप्रति दुःख व्यक्त गर्नुभएको पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया